SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/१०/११ गते
    ६७० &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेकपा माओवादी केन्द्र राष्ट्रिय सभामा सबैभन्दा ठूलो पार्टी बनेको छ । बिहीबार १९ सिटका लागि भएको चुनावमा कांग्रेसका १० जना निर्वाचित भए ।माओवादी केन्द्रका ५, एकीकृत समाजवादीका दुई तथा जनता समाजवादी पार्टी र नेकपा एमालेका १-१ जना निर्वाचित भए । यो चुनावी परिणामले राष्ट्रिय सभामा रहेको दलीय समीकरण फेरिएको हो ।

    यसअघि राष्ट्रिय सभामा कांग्रेसका १० सांसद थिए । जसमा ४ जना फागुन २० गते बिदा हुँदैछन् । बाँकी रहेका ६ जनामा बिहीबार १० जना थपिएपछि राष्ट्रिय सभामा कांग्रेस १६ सिटसहित दोस्रो ठूलो दल बन्न पुगेको छ ।

    माओवादी केन्द्रका ५ जना निर्वाचित भएका छन् । माओवादीबाट हाल उपाध्यक्षसहित १५ जना छन् । ३ जना फागुन २० मा बिदा हुँदैछन् । थप ५ जना निर्वाचित भएकाले राष्ट्रिय सभामा माओवादी केन्द्र १७ सिटसहित सबैभन्दा ठूलो दल भएको हो ।हाल एकीकृत समाजवादीका ८ जना छन् । दुई जना फागुनबाट बिदा हुँदै गर्दा बिहीबार नयाँ दुई जना निर्वाचित भएकाले उसको सांसद संख्या तलमाथि भएन ।

    जसपाकी प्रमिलाकुमारी यादवको कार्यकाल २० फागुनमा सकिँदैछ । बिहीबार एक जना निर्वाचित भएर आएकाले जसपाको राष्ट्रिय सभामा उपस्थिति यथावत छ ।राष्ट्रपतिबाट मनोनित विमला राई पौड्यालको कार्यकाल सकिँदैछ । यो ठाउँमा जनमोर्चाकाी दुर्गा पौडेललाई ल्याउने सत्ता गठबन्धनको तयारी छ । यसो भएमा राष्ट्रिय सभामा जनमोर्चाका दुई सांसद हुनेछन् ।

    लोसपाको पनि एक जना सांसद राष्ट्रिय सभामा छन् । यसरी माथिल्लो हाउसमा सात दलको उपस्थिति रहने छ ।राष्ट्रिय सभा सदस्यका लागि बिहीबार भएको चुनावमा कोशी प्रदेशबाट कांग्रेसका कृष्ण सिटौला र एमालेकी रुक्मिणी कोइराला निर्वाचित भए । मधेश प्रदेशबाट कांग्रेसका आनन्दप्रसाद ढुंगाना र जसपाकी पूजा चौधरी निर्वाचित भए ।

    बागमतीबाट नेपाली कांग्रेसका जीतजंग बस्नेत र विष्णुदेवी पुडासैनी, नेकपा माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी र नेकपा एकीकृत समाजवादीका घनश्याम रिजाल निर्वाचित भए । राष्ट्रिय सभाका लागि गण्डकीमा भएको ३ सिटको निर्वाचनमा कांग्रेसका किरणबाबु श्रेष्ठ, पदमबहादुर परियार र माओवादीकी मनरुपा शर्मा निर्वाचित भए ।लुम्बिनी प्रदेशबाट महिलातर्फ कांग्रेसकी विष्णुकुमारी सापकोटा र अन्य तर्फ माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी निर्वाचित भए ।

    कर्णाली प्रदेश्बाट सत्ता गठबन्धनका तीनै जना उम्मेदवार निर्वाचित भए । नेकपा एकीकृत समाजवादीकी सावित्री मल्ल, माओवादीका विष्णु विक विकल्प र कांग्रेसका कृष्णबहादुर रोकाया निर्वाचित भए ।सुदूरपश्चिम प्रदेशबाट महिलातर्फ माओवादीकी रेणु चन्द, अपांगतातर्फ कांग्रेसका नारायण भट्ट र अन्यतर्फ कांग्रेसकै बलदेव बोहरा निर्वाचित भए ।

    अध्यक्षमा कांग्रेसको दाबी

    बिहीबारको चुनावी परिणामसँगै राष्ट्रिय सभाको अध्यक्षको विषयमा समेत नेताहरुबीच छलफल सुरु भएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाको कार्यकाल पनि फागुन २० गते सकिँदैछ । त्यस लगत्तै रिक्त पदका लागि निर्वाचन हुनेछ ।हाल उपाध्यक्ष रहेकी उर्मिला अर्याल अध्यक्षको आकांक्षी छन् । ‘माओवादीले नेतृत्व गर्दा उपाध्यक्षबाट राजीनामा गरेर अध्यक्ष हुने कि भन्ने विकल्प छ । तर, निश्चित पात्रलाई हेरेर नेतृत्व गठबन्धनकै अर्को पार्टीले गर्ने भन्ने पनि छ’ उपाध्यक्ष अर्याल भन्छिन्, ‘दुवै विकल्पमाथि छलफल चलिरहेकै छ ।’

    माओवादीका नेताहरुका अनुसार कांग्रेसबाट निर्वाचित कृष्ण सिटौला सरकारमा जान सक्छन् । यो अवस्थामा नहुँदा माओवादी अध्यक्ष नलिन लचक हुनेबारे शीर्ष तहमा छलफल चलेको आफूले सुनेको बताउँछन् राष्ट्रिय सभामा माओवादीका सचेतक गोपी अछामी ।‘माओवादी संवैधानिक परिषदमा शून्य हुने अवस्था आउन सक्ने अवस्था बन्न सक्छ । त्यसका लागि तयार हुनुपर्ने पक्ष एउटा छ । तथापि, सिटौलाको हकमा लचक हुने भन्ने भएको सुनिएको छ’, सचेतक अछामीले अनलाइनखबरसँग भने ।

    सत्ता गठबन्धनमा प्रधानमन्त्री आलोपालो गर्ने सहमति भएको नेताहरु बताउँछन् । त्यस अनुसार प्रचण्डले प्रधानमन्त्री छाड्दा संवैधानिक परिषदमा आफ्नो दलको उपस्थिति नरहने चिन्ता माओवादी नेताहरुमा छ ।संवैधानिक निकायका पदाधिकारीहरु नियुक्ति सिफारिस गर्ने ६ सदस्यीय परिषदमा राजनीतिक पृष्ठभूमिका सदस्यहरूमा प्रमुख विपक्षी दलको नेता, सभामुख, राष्ट्रिय सभाको अध्यक्ष र उपसभामुख रहने संवैधानिक व्यवस्था छ ।हाल कांग्रेसको परिषदमा नरहेको र भविष्यमा माओवादीको नरहन सक्ने अवस्था समान भएको तर्क कांग्रेस नेताहरुको छ । उनीहरु कृष्ण सिटौला अध्यक्ष हुने गरी नै राष्ट्रिय सभामा आएको बताउँछन् ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नै सिटौलाको पक्षमा सकारात्मक भएकाले थप समस्या नहुने राष्ट्रिय सभामा कांग्रेसको संसदीय दलकी सचेतक अनिता देवकोटाको बुझाइ छ । उनी भन्छिन्, ‘राष्ट्रिय सभाको अध्यक्षमा सिटौला दाइको नाम गठबन्धनभित्र टुंगो लागेको भन्ने मेरो बुझाइ छ ।’

    प्रतिकृया दिनुहोस्

    Loading...

    जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्दै

    पर्वत । जिल्लाको जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्ने गरी सञ्चालन गरेको सार्वजनिक...

    विहादी गाउँपालिकाको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सक्रियता

    पर्वत । सामुदायिक विद्यालयको गुणस्तर खस्किदै गएको छ । विद्यार्थीहरु दिन प्रतिदिन सामुदायिक विद्यालय छाडेर...

    गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान अर्पण गर्दै

    पोखरा । गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित बनिसकेका ७ जना श्रष्टा सम्मानित हुने भएका छन्...

    आज देशभरको मौसम कस्तो रहन्छ?

    पोखरा । देशका केही स्थानमा आज मंगलबार बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम...

    गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतविरुद्ध सर्वोच्चमा कांग्रेस, २७ गते पेसी

    नेपाली कांग्रेसले गण्डकी प्रदेश सरकार विरुद्ध सर्वाेच्च अदालतमा मंगलबार रिट दर्ता गराएको छ । गण्डकीका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं