SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/१०/८ गते
    ३५१ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस आपसमा मिल्ने हो भने अर्को चुनावमा ठूलो पाटी बन्ने दावी गरेका छन् । पर्वतको कुश्मा बजारमा आयोजीत कांग्रेसको दोस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले कांग्रेस मिलेर चुनावमा जाने हो भने फेरी पनि पहिलो पाटी बन्ने दावी गरेका हुन् ।

    सभापति देउवाले एक पटक टिकट नपाउँदैमा निराश हुनु नपर्ने भन्दै अर्को पटक टिकट पाउने आश्वासन समेत दिए । कांग्रेस अहिले देशको ठूलो पाटी रहेको भन्दै आपसी मिलन नभएमा पाटी निर्वाचनमा हार्ने ठोकुवा गरे ।

    दोस्रो सम्मेलनमा पाटीका केन्द्रिय सदस्य तथा पूर्व महामन्त्री शशांक कोइरालाले धर्म बचाउने अभियानमा सवै नेपाली लाग्नुपर्ने भन्दै संविधानमा लेखिएको धर्म निरपेक्षताका विरोध गरेका थिए । कार्यक्रममा केन्द्रिय सदस्य चन्द्र भण्डारी सहितका १ दर्जन नेताहरुले सम्बोधन गरेका थिए ।

     

    प्रतिकृया दिनुहोस्

    Loading...

    जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्दै

    पर्वत । जिल्लाको जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्ने गरी सञ्चालन गरेको सार्वजनिक...

    विहादी गाउँपालिकाको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सक्रियता

    पर्वत । सामुदायिक विद्यालयको गुणस्तर खस्किदै गएको छ । विद्यार्थीहरु दिन प्रतिदिन सामुदायिक विद्यालय छाडेर...

    गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान अर्पण गर्दै

    पोखरा । गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित बनिसकेका ७ जना श्रष्टा सम्मानित हुने भएका छन्...

    आज देशभरको मौसम कस्तो रहन्छ?

    पोखरा । देशका केही स्थानमा आज मंगलबार बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम...

    गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतविरुद्ध सर्वोच्चमा कांग्रेस, २७ गते पेसी

    नेपाली कांग्रेसले गण्डकी प्रदेश सरकार विरुद्ध सर्वाेच्च अदालतमा मंगलबार रिट दर्ता गराएको छ । गण्डकीका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं