SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/८/६ गते
    २६५८ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं। नेकपा (एमाले) का प्रभावशाली नेता महेश बस्नेतले नेपालमा कुनै हालतमा राजाको गुञ्जायस नरहेको बताएका छन् । पार्टीको युवा संगठन राष्ट्रिय युवा संघ नेपालको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले दुर्गा प्रसाईँजस्ताको बलमा राजा आउँछ भन्ने कतिपय राजावादीहरुलाई भ्रम परेको बताएका हुन् । उनले नेपालमा माघ महिनामा आउने स्वस्थानीको कथामा रहेका लावन्य देशका राजाबाहेक अरु कुनै राजा कहिल्यै नआउने उनको दाबी छ ।

    ‘आज राजावादीहरुलाई अब राजा आउने भो भन्ने लागेको छ । केशरबहादुर विष्ट पनि कता कराउँदै थिए– अब राजा आउने भयो रे । मैले भने राजा आउँछ माघमा । स्वस्थानीको कथामा लावन्य देशको राजा आउँछ । त्यही लावन्य देशको राजाबाहेक यो धर्तीमा कुनै राजा आउने छैन । राजेन्द्र लिङ्देनहरुले मुख मिठ्याएर बस्नुको कुनै अर्थ छैन,’– उनले भने ।

    साथै, उनले सामाजिक सञ्जाललाई मर्यादित र अनुशासित बनाउन आवस्यक रहेको बताए । अहिलेको सोसियल मिडिया व्यक्तिको चरित्र हत्या गर्नका लागि प्रयोग भइरहेको उनले बताए । सोसियल मिडिया सामाजिक सद्भाव, राष्ट्रिय एकता र धार्मिक सहिष्णुता भड्काउने हिसाबले प्रयोग भइरहेको बताए । त्यस्ता प्रयोगकर्ताहरुको हिसाब राख्न पनि उनले युवा संघका नेता तथा कार्यकर्तालाई आग्रह गरे । उनले सामाजिक सञ्जालमा विभिन्न व्यक्तिहरुले नियोजित ढंगले एमाले र आफूहरु विरुद्ध भ्रम छर्ने काम गरेको बताए । उनले सामाजिक सञ्जालमा आफूहरु विरुद्ध भ्रम छर्ने काम गरेको भन्दै केही मान्छेहरुको नामसमेत लिए । उनीहरुलाई कानुनी कारबाहीको दायरामा ल्याउने काम गर्न उनले युवा संघका नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरे ।

    ‘तपाईँहरु एमालेको सेना हो । अब बन्दुक, खुकुरी लाठी चलाउन पर्दैन । अब बुढी औंला चलाएर यी अराजकहरुलाई तह लगाउनुस् । यो अभियान चलाउनुस् । यो अभियानमा तपाईँहरु पछि पर्नु भएको छ । त्यो गरेबापत कसैले धम्क्याउँछ र तर्साउँछ भने छलफल गरौंला । हिसाब गरौंला,’– उनले भने ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अभिनेता नवाजुद्दिन सिद्दिकी काठमाडौंमा

    काठमाडौं । भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी शनिबार नेपाल आएका छन् । नेपाली फिल्म साम्बालाको प्रिमियरमा...

    बाढीले बगाउँदा बागलुङमा दुई जनाको मृत्यु, एक वेपत्ता

    बागलुङ । बागलुङमा बाढीले बगाएर दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता हुनु...

    फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर सार्वजनिक

    काठमाडौं । आगामी कात्तिक १५ (लक्ष्मीपूजा)लाई मिति तय गरेर प्रदर्शनमा आउन लागेको फिल्म ‘पूर्ण बहादुरको...

    यही तरिकाले सरकार जान्छ भने व्यवस्थामाथि नै संकट पर्नसक्ने : कांग्रेस नेता भण्डारी

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले यही तरिकाले सरकार...

    दीपशिखा सामुदायिक पुस्तकालयमा वक्तृत्वकला

    लेखनाथ । पोखरा महानगरपालिका वडा नं २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयले ‘निरन्तर शिक्षाका लागि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं