SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/७/१८ गते
    १०२६ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं। नेकपा (एमाले) ले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन पनि फिर्ता लिने भएको छ । एमाले कोशी प्रदेशका प्रमुख सचेतक रेवती रमण भण्डारीले एमाले सरकारबाटै बाहिरिइसकेपछि समर्थन दिइरहन पर्ने आवश्यकता नरहेको बताए ।आगामी सोमबार बस्ने एमाले कोशी प्रदेश संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र आवश्य अन्य विषयमा निर्णय गर्ने उनले बताए ।

    ‘हामीले कांग्रेसलाई तपाईँहरुनै मुख्यमन्त्री चलाउनुस् भनेर समर्थन दिँदा फेरि गठबन्धन किन चाहिने ? ५÷६ वटा दल सरकारमा सामेल किन गर्नपर्ने ? हामी सरकारबाटै बाहिरिएपछि समर्थन दिइरहन पर्ने आवश्यकता अहिले देखिँदैन,’– रिपोर्टर्स नेपालका लागि पत्रकार मोहन बुढाक्षेत्रीसँग संवाद गर्दै भण्डारीले भने ।

    मुख्यमन्त्री कार्कीको नेतृत्वमा सरकार बन्दाको परिस्थिति स्मरण गराउँदै प्रमुख सचेतक भण्डारीले एमालेसँग भएको सहमतिको बेवास्ता गरेर केन्द्रको गठबन्धन फेरी प्रदेशमा लादेकाले आफूहरु सरकारबाट बाहिरिएको बताए । फरक परिस्थिति, फरक संविधानको धारा र फरक राजनीतिक समीकरणबाट बनेको सरकारमा केन्द्रीय गठबन्धन लाग्नु उपयुक्त नरहेको उनले बताए ।‘जसरी सरकार बन्यो, मुख्यमन्त्री केदार कार्कीको नेतृत्वमा, त्यो फरक परिप्रेक्ष्यमा बन्यो, फरक संविधानको धारा प्रयोग भएर बन्यो, फरक खाल्को राजनीतिक समीकरणबाट बन्यो ।’ उनले भने, ‘त्यसलाई विल्कुल बेवास्ता गरेर फेरी केन्द्रीय गठबन्धननै यहाँ पनि लागू गर्ने कुरा उपयुक्त थिएन ।’

    मुख्यमन्त्री कार्कीले हिजोमात्रै नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका थिए । मुख्यमन्त्री कार्कीले हिजो मन्त्रिपरिषद् विस्तार गरेपछि त्यसमा असन्तुष्टि जनाउँदै एमाले आज सरकारबाट बाहिरिएको हो । एमालेबाट मन्त्री बनेका राम रानाले मुख्यमन्त्री कार्कीसमक्ष राजीनामा बुझाइसकेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अभिनेता नवाजुद्दिन सिद्दिकी काठमाडौंमा

    काठमाडौं । भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी शनिबार नेपाल आएका छन् । नेपाली फिल्म साम्बालाको प्रिमियरमा...

    बाढीले बगाउँदा बागलुङमा दुई जनाको मृत्यु, एक वेपत्ता

    बागलुङ । बागलुङमा बाढीले बगाएर दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता हुनु...

    फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर सार्वजनिक

    काठमाडौं । आगामी कात्तिक १५ (लक्ष्मीपूजा)लाई मिति तय गरेर प्रदर्शनमा आउन लागेको फिल्म ‘पूर्ण बहादुरको...

    यही तरिकाले सरकार जान्छ भने व्यवस्थामाथि नै संकट पर्नसक्ने : कांग्रेस नेता भण्डारी

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले यही तरिकाले सरकार...

    दीपशिखा सामुदायिक पुस्तकालयमा वक्तृत्वकला

    लेखनाथ । पोखरा महानगरपालिका वडा नं २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयले ‘निरन्तर शिक्षाका लागि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं