SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/१२/३ गते
    ५३२ &#२३४६;&#२३३५;&#२३२५;

    पर्बत । गोर्खा सेमीट्रिज ट्रष्टले पहिलो पटक ‘ट्रेल ब्लेजर नेपाल दौड” आयोजना गर्ने भएको छ । उक्त दौड सुनसरीको धरान उपमहानगर पालिकामा भोलि शनिबार आयोजना हुने भएको हो । उक्त प्रतियोगितामा २७५ खेलाडीको सहभागिता रहेको संस्थाकी सचिव शान्ता मायाँ परियारले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुने धावकलाई क्रमश नगद रु १५ हजार, १० हजार र ५ हजारका साथमा मेडल तथा प्रमाणपत्र रहेको छ । ८.५ किमि दौडका लागि अन्तिम तयारी पुरा भएको जनाउँदै सचिव परियारले दौड धरान रत्न चोक देखि सुरु भएर वृटिश गोर्खा मेमोरियल पार्क हुँदै विष्णुपादुका सम्म हुने जानकारी दिनुभयो ।

    सो क्रममा दोस्रो विश्व युद्धमा प्रत्यक्ष रुपमा सहभागि हुने तिन जना योद्धाहरुलाई अभिनन्दन समेत गरिने सचिव परियारले जानकारी बताउनुभयो । अभिनन्दन हुने योद्धाहरुमा १०२ वर्षिय धनसिंह राई, १०१ वर्षिय धनबल लिम्वु र १०१ वर्षिय माग बहादुर लिम्वु हुनुहुन्छ । उहाँहरुलाई ताम्रपत्र, खुकुरी, टोपी र दोसल्ला द्वारा सम्मान गरिने जानकारी दिनु भयो । उहाँहरुलाई धरान उपमहानगर पालिकाका प्रमुख हर्कराज राईले अभिनन्दन गर्ने कार्यक्रम तय भएको सचिव परियारले हामीलाई बताउनु भयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    बैकुण्ठ गिरी, अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत...

    पर्वतका मल्लको अमेरिकामा रिगंटा लागेर ढल्दा मृत्यु, सहयोगका लागि गोफण्ड

    पुनम बसेल, न्युयोर्क । १ वर्ष अगाडी वैदेशिक रोजगारको शिलशिलामा अनेक चुनौती र कठिनाइ पार...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत कुश्माका युवा...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं