SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/५/२० गते
    १२१४ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेपाली कांग्रेसका युवा नेता डा.केदार सुवेदी प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवारका लागि पर्वतबाट सिफारिस भएका छन् ।

    नेपाली कांग्रेस पर्वतले केन्द्रीय सिफारिस अनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ डा.सुवेदीको नाम सिफारिस गरेको हो । लामो समय विद्यार्थी राजनीतिमा सक्रिय डा.सुवेदी २ कार्यकाल नेपाली कांग्रेस पर्वत–काठमाडौं सम्पर्क समितिको सचिव रहेका थिए । कांग्रेसको महाधिवेशन प्रतिनिधि रहेका डा. सुवेदी पेशाले पशु चिकित्सक हुन् ।

    डा. सुवेदी पर्वतमा नेपाली कांग्रेस को १२ औ अधिबेशनबाट लगातार क्षेत्रिय प्रतिनिधिकाे रुपमा अाएका ब्यक्ती हुन भने हाल १४ औ अधिबेशन पर्वतबाट केन्द्रिय अधिबेशन प्रतिनिधि हुनुहुन्छ ।।

    पूर्वाञ्चल विश्वविद्यालयमा नेविसंघको संस्थापक सचिव रहेका सुवेदी कांग्रेस वृत्तमा बौद्धिक र क्रियाशील मानिन्छन् । पर्वतबाट पूर्व केन्द्रीय सदस्य अर्जुन जोशी लगायतको नाम पनि सिफारिस भएको छ । अघिल्लो संसदीय निर्वाचनमा पर्वतमा एमाले विजयी भएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    बैकुण्ठ गिरी, अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत...

    पर्वतका मल्लको अमेरिकामा रिगंटा लागेर ढल्दा मृत्यु, सहयोगका लागि गोफण्ड

    पुनम बसेल, न्युयोर्क । १ वर्ष अगाडी वैदेशिक रोजगारको शिलशिलामा अनेक चुनौती र कठिनाइ पार...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत कुश्माका युवा...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं