SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/२/११ गते
    ५५४ &#२३४६;&#२३३५;&#२३२५;

    अजय मिश्र, कृष्णनगर, ।

    कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ८ मा स्मार्ट कृषि गाँउ कार्यक्रम अन्तर्गत आज लौहरौला स्मार्ट कृषि गाँउ कार्यक्रम कार्यन्वयन समिति कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले एक कार्यक्रम का बिच उद्घाटन गरेका छन् l

    कार्यक्रमको अध्यक्षता स्मार्ट कृषि गाँउ कार्यक्रम कार्यन्वयन समिति संयोजक जाकिर हुसेन , प्रमुख अतिथि कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह, विशिष्ट अतिथिमा कृष्णनगर नगरपालिका वडा नं ८ वडाध्यक्ष नूर मोहम्मद खा, वडा सदस्य सुनिल चौधरी, कृषि ज्ञान केन्द्र बाली संरक्षण अधिकृत सत्यराम हरिजन, कृषि ज्ञान केन्द्रका रबिन्द्र नाथ चौबे, अतिथिमा कृष्णनगर नगरपालिका कृषि शाखा प्रमुख सुदिप कुमार मौर्य, कृषि अफिसर प्रविना अचार्य लगायत अन्य रहेका थिए l

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर प्रमुख शाहले उपस्थित सम्पूर्णमा धन्यवाद दिदै स्मार्ट कृषि गाँउ नगरपालिका भित्र रहनु आफैमा सराहनीय रहेको, उक्त गाँउ मा कृषि आधुनिकीकरण अनुसार बालीको उब्जनी बढेको बताउदै नगरपालिका बाट कृषि क्षेत्रको विकासमा हुन सक्ने हरेक सम्भव प्रयास गरिने बताए l

    कार्यक्रममा सिचाई स्मार्ट कार्यक्रम, जलवायु स्मार्ट कार्यक्रम, हाइब्रिड जातको धान बिउ खरिद, खाद्य पोषण स्मार्ट कार्यक्रम, प्रविधि स्मार्ट, बजार स्मार्ट लगायतको बिषय यस लोहरौला स्मार्ट कृषि गाँउ कार्यक्रम कार्यन्वयन समिति अन्तर्गत राखिएको उपस्थित माझ जानकारी गराइएको थियो l कार्यक्रममा वक्ता हरूले आधुनिक प्रविधि, हाइब्रिड बिउ, उचित मलको प्रयोग लगायतले बालीनालीको उब्जनी बढेको कुरामा जोड दिएका थिए l

    कार्यक्रम संचालन कृषि ज्ञान केन्द्र तौलिहवाका योजना अधिकृत शिव पूजन गुप्ताले गरेका थिए l उपस्थित सबैमा धन्यवाद दिदै कार्यक्रमका अध्यक्ष जाकिर हुसेनले कार्यक्रम समापनको घोषणा गरे l

    प्रतिकृया दिनुहोस्

    Loading...

    गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान अर्पण गर्दै

    पोखरा । गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित बनिसकेका ७ जना श्रष्टा सम्मानित हुने भएका छन्...

    आज देशभरको मौसम कस्तो रहन्छ?

    पोखरा । देशका केही स्थानमा आज मंगलबार बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम...

    गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतविरुद्ध सर्वोच्चमा कांग्रेस, २७ गते पेसी

    नेपाली कांग्रेसले गण्डकी प्रदेश सरकार विरुद्ध सर्वाेच्च अदालतमा मंगलबार रिट दर्ता गराएको छ । गण्डकीका...

    विकास निर्माणका कामप्रति मुख्यमन्त्री अधिकारीको चासो, दुई दिन भित्र प्रतिवेदन पेश गर्न निर्देशन

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशमा भइरहेका विकास निर्माणका कार्यप्रति चासो देखाउनु भएको...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    बैकुण्ठ गिरी, अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं