SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/७/७ गते
    ५४३ &#२३४६;&#२३३५;&#२३२५;

    जनकपुरधाम । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तोकिएको समयमै पार्टीको महाधिवेशन गर्नुपर्ने बताएका छन् । जनकपुर विमानस्थलमा आइतबार पत्रकारहरुसँग कुरा गर्दै सिंहले पार्टी नेतृत्व र पदाधिकारीले महाधिवेशन गर्न ढिलाइ गरिरहेको आरोप लगाए ।

    चार पटक मिति तोकेर पनि महाधिवेशन समयमा नभए पार्टीकै लागि राम्रो नहुने उनको भनाइ छ । ‘सभापति र पदाधिकारीले पार्टीलाई यसरी बेथितिमा राख्न मिल्छ ?’ सिंहले भने, ‘क्रियाशील सदस्यमा केही विवादै नगर्नुपर्ने तथा विधि र नियम अनुसार दिनुपर्नेमा नदिई समितिमाथि समिति गठन गर्दै आएको छ ।’

    परिणामलाई आफ्नो पक्षमा पार्न पार्टी पदाधिकारीले क्रियाशील सदस्यतामा खेलबाड गरिरहेको भन्दै उनले यसले कांग्रेसलाई राम्रो नगर्ने बताए । मंसिर ९ गतेदेखि तोकिएको महाधिवेशन सोही मितिबाट प्रक्रिया शुरु गर्नुपर्ने उनले बताए । ‘के गाह्रो छ भन्या ? निर्वाचन समिति गठन भइसकेको छ । निर्वाचन समितिले क्रियाशील दिनुस् बाँकी रहेको ठाउँमा काम गर्छु भनिरहँदा पनि आलटाल गरिरहेको छ,’ उनले भने, ‘समितिमाथि समिति गठन गरेर ढिला गरिरहेको छ ।’

    सिंहले विधि र प्रक्रिया अनुसार पार्टी चल्नुपर्ने बताए । ‘भन्नका लागि प्रजातान्त्रिक पार्टी भन्ने र अभ्यास न्यूनतम रुपमा पनि आन्तरिक नहुने ?’ उनले प्रश्न गरे । सिंहले पार्टीमा सय वर्षदेखि एउटै वर्गले नेतृत्व गरिरहेकोले यसलाई अब तोड्नुपर्ने बताए । आफू आसन्न महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्ने पनि उनले बताए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    बैकुण्ठ गिरी, अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत...

    पर्वतका मल्लको अमेरिकामा रिगंटा लागेर ढल्दा मृत्यु, सहयोगका लागि गोफण्ड

    पुनम बसेल, न्युयोर्क । १ वर्ष अगाडी वैदेशिक रोजगारको शिलशिलामा अनेक चुनौती र कठिनाइ पार...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत कुश्माका युवा...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं