SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/५/२१ गते
    १४५६ &#२३४६;&#२३३५;&#२३२५;

    प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्ने नीति अगाडि सारेसँगै सत्तारूढ गठबन्धनमा आबद्ध दलहरूबीच विवाद शुरु भएको छ । प्रधानमन्त्री देउवाले एमसीसी पारित गर्न चासो देखाएपछि सत्तारूढ गठबन्धनकै दलहरूबीच असन्तुष्टि शुरु भएको हो ।

    नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी अहिलेकै अवस्थामा एमससीसी अनुमोदन गर्न नहुने अडानमा रहेका छन् ।

    सत्ता गठबन्धनमा आबद्ध राष्ट्रिय जनमोर्चाले एमसीसी पारित गर्न नहुने भन्दै देशव्यापी विरोध प्रदर्शनको कार्यक्रम घोषणासमेत गरेको छ । सत्ता गठबन्धन मात्र होइन, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पनि एमसीसी पास हुन नहुने अडान अगाडि सारेको छ ।

    यसअघि केपी शर्मा ओली नेतृत्वको सरकार रहँदा एमसीसी परियोजना अगाडि बढाउने योजना बनाइएको थियो । तर, तत्कालीन नेकपाभित्र नै विवाद भएपछि एमसीसी परियोजना अनुमोदन गर्नेर / नगर्ने विषयमा अध्ययन गर्न पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा कार्यदल गठन गरिएको थियो ।

    नेकपाभित्रको त्यति बेलाको आन्तरिक विवादले प्रतिनिधिसभा नै विघटन भएपछि एमसीसीको विषय ओझेलमा परेको थियो । तर, अहिले संसद् अधिवेशन आह्वान भएसँगै एमसीसी परियोजना पारित गर्ने विषयले सत्ता गठबन्धनभित्रै आन्तरिक किचलो शुरु भएको छ । यो नेपाल समाचारपत्रबाट

    प्रतिकृया दिनुहोस्

    Loading...

    माछापुच्छ्रेमा शिक्षा दिवस समारोह

    हेमजा । कास्कीको माछापुच्छ्रे गाउँपालिका शिक्षा,यूवा तथा खेलकोद शाखाले राष्ट्रि शिक्षा दिवस–२०८१ बिषेश समारोह बुधवार...

    उपाध्यक्ष मशहूद र अल्कूफीले दिए संविधान दिवसको शुभकामना

    अजय मिश्र,कपिलवस्तु। आज असोज ३ गते अर्थात संविधान दिवस । २०६२,६३ कोे आन्दोलनको राजनीतिक परिवर्तपछि...

    गण्डकी प्रदेश प्रमुखद्वारा संविधान दिवसमा शुभकामना व्यक्त

    पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ को अवसरमा...

    आचार्यलाई राष्ट्रिय शिक्षा पदक

    शिशिर, पोखरा ।पोखराको बाटुलेचौर स्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले राष्ट्रिय शिक्षा पदक प्राप्त...

    कृषि अनुसन्धानको परिचय बनाउँदै बन्दिपुरस्थित बाख्रा अनुसन्धान केन्द्र

    दमौली । बन्दीपुरस्थित राष्ट्रिय अनुसन्धान बाख्रा केन्द्र कृषि तथा पशुपालन गर्नेहरूका लाागि अध्ययनस्थलका रूपमा परिचित...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं