SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/११/९ गते
    १५३८ &#२३४६;&#२३३५;&#२३२५;

    बैकुण्ठ गिरी, पर्वत । उद्योग तथा ब्यापारीहरुको संगठन पर्वत उद्योग बाणिज्य संघले यहि फाल्गुन १२ गते नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष श्री शेखर गोल्छाबाट संघको ४५ औं स्थापना दिवस तथा ३८ औं बार्षिक साधारण सभा एवं १७ औं महाधिबेशव गर्दैछ ।

    त्यसपछि पर्वत उद्योग बाणिज्य संघको चुनावको सरगर्मी शुरु हुने नै भयो तर नेतृत्वको लागि तयारी अबस्थामा रहेका ब्यापारीहरुका नेता भने अहिले देखि नै आफ्नो पोजिसन मिलाउन र निर्वाचनमा होमिनको लागि ब्यापारीहरुलाई सम्पर्क सम्बन्ध बढाईरहेका छन् ।

    यस्तैमा पर्वत जिल्लामा रहेर बिभिन्न सामाजीक संस्थामा लोकप्रिय छबि बनाएका मानसिंह भण्डारी यसपाली प्रजातान्त्रीक बिचार समुहको तर्फबाट अध्यक्षको प्रत्यासी भै मैदानमा उत्रिने बताएका छन् । ब्यापारीहरुको छाता संगठनमा आफुले २०५६ सालमा सदस्यता लिएर निरन्तर काम गरी रहेको बताएका छन् ।

    भण्डारी २०७१ सालमा पर्वत उद्योग बाणिज्य संघको कोषाध्यक्षमा निर्वाचित भएका थिए, त्यो कार्याकालसम्ममा उनी नै पर्वतको सबैभन्दा लोकप्रिय कोषाध्यक्ष भएको संस्थाका अधिकासं सदस्य तथा पदाधिकारीहरुले बताउछन् । त्यसपछि २०७४ मा पनि प्रजातान्त्रिक समुहबाट चुनावमा होमिएका भण्डारीले अधिकासं उमेद्बार हार्दा पनि चुनाव जित्न सफल भएका थिए । यसकारण आजको समयमा पर्वतको प्रजातान्त्रिक समुहमा अध्यक्ष को लागि सबैभन्दा लोकप्रिय नेता भण्डारी नै छन् ।

    कुश्मा बजारमा संञ्चालित सनराईज मल्टि टेर्डस तथा सनराईज मोट पार्टस्का प्रोपाराईटर रहेका भण्डारी पर्वत केवल नेटवर्क तथा पर्वत बहुउद्येश्यीय सहकारी संस्थाका संस्थापक सदस्य तथा पुर्व अध्यक्ष, क्षेत्री समाज पर्वतका हाल उपाध्यक्ष रहि काम गरीरहेका छन् । साथै भण्डारी समृद्ध बचत तथा रिण सहकारीका अध्यक्ष, लायन्स क्लव अफ पर्वत मोदीकालीका द्धितिय उपाध्यक्ष, शिवालय उच्च माबिको बिद्यालय ब्यावस्थापन समिति सदस्य, घरेलु तथा साना उद्योग महासंघ कुश्मा नगरपालिकाको अध्यक्ष समेत हुन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान अर्पण गर्दै

    पोखरा । गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित बनिसकेका ७ जना श्रष्टा सम्मानित हुने भएका छन्...

    आज देशभरको मौसम कस्तो रहन्छ?

    पोखरा । देशका केही स्थानमा आज मंगलबार बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम...

    गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतविरुद्ध सर्वोच्चमा कांग्रेस, २७ गते पेसी

    नेपाली कांग्रेसले गण्डकी प्रदेश सरकार विरुद्ध सर्वाेच्च अदालतमा मंगलबार रिट दर्ता गराएको छ । गण्डकीका...

    विकास निर्माणका कामप्रति मुख्यमन्त्री अधिकारीको चासो, दुई दिन भित्र प्रतिवेदन पेश गर्न निर्देशन

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशमा भइरहेका विकास निर्माणका कार्यप्रति चासो देखाउनु भएको...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    बैकुण्ठ गिरी, अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं