SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/८/२३ गते
    १७१५ &#२३४६;&#२३३५;&#२३२५;

    बैकुण्ठ गिरी, पर्वत । यतिबेला सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी नेकपामा राजनैतिक बहस तिब्र रुपमा चलिरहेको छ । पार्टीका दुबै अध्यक्षले एक अर्काको बिरुद्धमा राजनैतिक दस्तावेज प्रस्तुत गरेका छन् ।

    पार्टी भित्र अल्पमतमा परेपछि प्रधानमन्त्री समेत रहेका केपी ओली बैठकमा आउन समेत छाडेका छन् । प्रचण्ड, माधब कुमार नेपाल, झलनाथ खनाल, बामदेब गौतम, नारायणकाजी श्रेष्ठ सहितको सचिवालयमा बहुमत सदस्य लिएर प्रचण्डले प्रस्ताव पेश गरेपछि ओली पार्टी फुटाउने तहसम्म पुगेको राजनैतिक श्रोतहरुले बताउछन् ।

    तर आज हामीसँग कुराकानी गर्दै नेपाल कम्युनिष्ट पार्टी नेकपा का केन्द्रिय सदस्य तथा पर्वत जिल्लाका इन्चार्ज गुप्त हमाल शन्देशले पार्टी बिभाजन नहुने तर्क गरेका छन् । पार्टी भित्र बहस हुन्छ नेताहरुले आफ्ना कमजोरी सुधार्न तयार हुनुपर्छ अन्यथ पार्टी बन्दैन भनेका छन् ।

    नेता हमालले प्रधानमन्त्री समेत रहेका केपी ओलीले भष्ट्रचारीहरुलाई बोकेर हिडेको समेत आरोप लगाएका छन् । गोकुल बास्कोटा, ओम्नी समुह लगायतलाई जनताको अगाडी बारवाही गर्नुको साटो बोकेर हिडेको आरोप लगाएका हुन । हेरौं नेता हमालले पार्टी भित्रको राजनैतिक बहस र प्रधानमन्त्री ओलीको कार्यशैली बारे गरेको ।। कुराकानी ।।

    प्रतिकृया दिनुहोस्

    Loading...

    गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान अर्पण गर्दै

    पोखरा । गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित बनिसकेका ७ जना श्रष्टा सम्मानित हुने भएका छन्...

    आज देशभरको मौसम कस्तो रहन्छ?

    पोखरा । देशका केही स्थानमा आज मंगलबार बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम...

    गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतविरुद्ध सर्वोच्चमा कांग्रेस, २७ गते पेसी

    नेपाली कांग्रेसले गण्डकी प्रदेश सरकार विरुद्ध सर्वाेच्च अदालतमा मंगलबार रिट दर्ता गराएको छ । गण्डकीका...

    विकास निर्माणका कामप्रति मुख्यमन्त्री अधिकारीको चासो, दुई दिन भित्र प्रतिवेदन पेश गर्न निर्देशन

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशमा भइरहेका विकास निर्माणका कार्यप्रति चासो देखाउनु भएको...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    बैकुण्ठ गिरी, अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं