SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/१७ गते
    १४७३ &#२३४६;&#२३३५;&#२३२५;

    सचिन्द्र श्रेष्ठ, यूएई , दुबई ।
    नेपाली समाज यूएईको मुख्य संयोजन र नेपाली समाज यूएई सँग सम्बंधित चार दर्जन भन्दा बढ़ी संघ सस्थाको सहकार्यमा सन् २०२० को पहिलो बुधबारका दिन यूएईको दुबईमा रहेको जबिल पार्कमा अंतरराष्ट्रीय नेपाली टोपी दिवस तथा नेपाल भ्रमण बर्ष २०२० शुभारम्भ एबं नया बर्ष २०२० शुभकामना आदानप्रदान कार्यक्रम भब्य रूपमा सम्पन्न भएको छ ।

    ‘बर्ष को बहार ,नेपाली टोपी उपहार’ भन्ने नाराका साथ हाम्रो टोपी हाम्रो शान, नेपालीको पहिचान समझेर नेपाल लगायत विश्वभर स्वत स्फूर्त रुपमा नेपालीहरुले टोपी दिवस मनाइरहदा यूएईका नेपालीहरुले दुबईको जबिल पार्कमा दिउँसोको न्यानो घाममा नेपाली टोपी बचाउन र भ्रमण बर्ष २०२० शुभारम्भ गर्न यूएईका नेपाली युवाहरुको बाक्लो उपस्थिति देखिन्थ्यो र उपस्थित भएका सबैले शीरमा ढाकाटोपी र नेपाल भ्रमण बर्ष २०२०लोगो अंकित टी- शर्ट र दौरा सुरुवालमा सजिएर नेपाली टोपी दिवस र भ्रमण बर्ष मनाएका हुन । साथै नेपाल भ्रमण बर्ष २०२० मा उल्लेख्य मात्रामा पर्यटक भित्राउने र नेपाललाई सगरमाथा र बुद्धको भूमि भनी बिश्व सामू चिनाउन यो कार्यक्रम आयोजना गरिएको नेपाली समाजका बरिष्ठ उपाध्यक्ष कमल गिरीले बताउनु भयो।

    आफ्नो संस्कृति, भेष भुषा जोगाइराख्न, स्वदेश तथा बिदेसका नेपाली-नेपाली बिच सद्भाव बढाउन ढाका टोपी दिवसलाई अंतरराष्ट्रीय तह सम्म पुर्याउन यस्ता खालका दिबस र कार्यक्रम गर्नु पर्नेमा अधिकांशले जोड र आवश्यक रहेको बताए।कार्यक्रममा नेपाली दुताबास का भेष बहादुर कार्की,समाजसेबि एकेंद्र थापा ,इनासका केशव नेपाल,अमित सापकोटा लगायतले आगामि दिनमा नेपाललाई बिश्व सामू चिनाउन मद्दत पुग्ने यो नेपाल भ्रमण बर्ष २०२०फलदायी हुने बताएका थिए।

    नेपाल सरकारले नेपाल भ्रमण वर्ष अभियानलाई सहयोग पुग्ने गरी नेपाली टोपी दिवस मनाउने तयारी गरेको हो । सन् २०१४ देखि अंग्रेजी नया बर्ष लाई आधार मानेर केहि बर्ष देखि स्वत स्फूर्त रुपमा नेपाल लगायत बिदेसमा बिभिन्न संघ सस्था र व्यक्तिहरुले नेपाली टोपी दिवसको प्रचार प्रसार एबं बिबिध कार्यक्रम गरी मनाउँदै आएका छन। साथै सोहि कार्यक्रममा प्रबासमा रहेर पनि कला ,गला र सस्कृतिको सम्मान संरक्षण र सम्बर्धन गर्ने हेतुले इनास यूएईको प्रस्तुतिमा नेपाली म्यूजिकल ब्याण्ड “ओतप्रोत”नेपाली मनको नेपाली आवाज” नामक ब्याण्डको केक काटेर शुभारम्भ समेत गरेको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    बैकुण्ठ गिरी, अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत...

    पर्वतका मल्लको अमेरिकामा रिगंटा लागेर ढल्दा मृत्यु, सहयोगका लागि गोफण्ड

    पुनम बसेल, न्युयोर्क । १ वर्ष अगाडी वैदेशिक रोजगारको शिलशिलामा अनेक चुनौती र कठिनाइ पार...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत कुश्माका युवा...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं