SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/८/४ गते
    १०१५ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा, । नेपाली कांग्रेसका नेता नारानाथ रानाभाटले अधिनायकवादी शक्ति हावी हुँदा मुलुक र लोकतन्त्र खतरामा परेको बताएका छन् । उनले लोकतन्त्र र संविधानको संरक्षणका लागि भए पनि कांग्रेसले चुनाव जित्नुको विकल्प नभएको उनले
    स्पष्ट पारे । कास्की क्षेत्र नं. २ को पोखरा–८ को घरदैलोका क्रममा नेता रानाभाटले यो सरकार बनेपछि जनता त्रासमै बाँच्न बाध्य भएको भन्दै जनतामा शान्ति ल्याउन पनि यो उपनिर्वाचन कांग्रेसले जित्नै पर्ने तर्क गरे ।

    ‘यो सरकारको नीति र व्यवहारका कारण जनता निराश छन् । व्यापारी हतोत्साही भएका छन् । देशको अर्थतन्त्र चौपट भएको छ । यस्तो अवस्थामा देश कति दिन चल्न सक्छन् ?’, प्रश्न गर्ने उनले भने । पोखरा–८ का चुनावी कमाण्डर समेत रहेको नेता रानाभाटले नेपालको सीमा मिचिएर जनता सडकमा आउँदा समेत कानमा तेल हालेर बस्ने केपी ओलीलाई पदमा बस्ने नैतिक अधिकार नभएको बताए । उनले कांग्रेसको पक्षमा जनमत बढ्न सक्ने दावी पनि गरे ।

    ‘जनताको घर आँगनमा कांग्रेसीहरू आउदा जनताले राहत महसूस गरेका छन् । कांग्रेस पार्टीप्रति जनताको विश्वास पनि बढेको भन्दै नेता रानाभाटले विगतका कमिकमजोरी सच्याएर कांग्रेस अघि बढ्न तयार छ’, उनले भने । चुनावी कमाण्डर रानाभाटले पोखरा–८ मा घरदैलो अभियानमार्फत मतदाता भेटघाट कार्यक्रम सकिएको र अब चुनावीसभाको तयारीमा रहेको जानकारी दिए ।

    वडा इकाइ सभापति सु्वास सिग्देलका अनुसार पार्टीका सबै संगठनलाई चुनावमा खटाइएको छ । नेविसंघ, महिला संघ, तरुण दल, जनजाति संघक लगायतका संगठनका नेता कार्यकर्ता चुनावमा खटिएको र सबै मतदातासंग भेटघाट गरिसकेको बताए ।

    तानाशाही प्रवृत्तिको कम्युनिष्ट सरकारसंग मुकाविला गर्न कांग्रेस तयार : शर्मा
    यता, नेपाली कांग्रेसका नेता शुक्रराज शर्माले तानाशाही प्रवृत्तिको कम्युनिष्ट सरकारसंग मुकाविला गर्न कांग्रेस तयार रहेको बताएका छन् । पोखरा–७ को घरदैलोका क्रममा नेता शर्माले मुलुकलाई भ्रष्टाचारका दलदलमा फँसाउने, जनतामा भ्रम सृजना मात्र गर्ने सरकारलाई जसरी भए पनि परास्त गर्नुपर्नेमा जोड दिए । ‘यो सरकार सेतो हात्ती हो । देशको भार हो । घरघरमा ग्यास पाइप र रेलको सपना देखाएर जनतालाई दिग्भ्रमित बनाउने काम बाहेक केही गरेको छैन ।

    अझ अलोकतान्त्रिक काम गर्नमै उद्धत छ’, उनले भने । झुटको खेती गर्ने कम्युनिष्टलाई जनताले राम्रोसंग बुझिसकेको भन्दै उनले लोकतन्त्र मास्न, संविधान सिध्याउन र संघीयता तुहाउन सरकार नै लागिपरेको आरोप समेत लगाए । वडा सभापति नवीन बरालका अनुसार मंगलबार मासबार क्षेत्रको घरदैलो गरेसंगै वडाका सबै मतदातासंग भेटघाट भैसकेको छ । सभापति बरालले अब चुनावी सभामार्फत पार्टीको धारणा र प्रतिवद्धता लिएर मतदातालाई बुझाउने काम हुने बताए ।

    यसैबीच कास्की–२ का कांग्रेस उम्मेदवार खेमराज पौडेलसहितका नेताहरूले पोखरा–१६ मा घरदैलो र मतदाता भेटघाट गरेका छन् । बुधबार बिहान ७ बजे पोखराको केआइसिं पुलबाट शुरु भएको अभियान लामाचौर हुँदै बाटुलेचौर, जोगीमणि, अर्मला पुग्दैछ । उम्मेदवार पौडल आज बुभबार र भोलि बिहीबार यसै क्षेत्रमा केन्द्रित हुने कास्की कांग्रेसका क्षेत्रीय सभापति माधव बाँस्तोला मधुले जानकारी दिए । उनका अनुसार मंसिर ७ गते बिहान ८ बजेर पोखरा–१६ मैदानमा चुनावीसभा हुँदैछ । सभालाई पार्टीका केन्द्रीय तथा जिल्ला नेताहरूले संवोधन गर्ने कार्यक्रम छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    बैकुण्ठ गिरी, अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत...

    पर्वतका मल्लको अमेरिकामा रिगंटा लागेर ढल्दा मृत्यु, सहयोगका लागि गोफण्ड

    पुनम बसेल, न्युयोर्क । १ वर्ष अगाडी वैदेशिक रोजगारको शिलशिलामा अनेक चुनौती र कठिनाइ पार...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत कुश्माका युवा...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं