SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/७/२ गते
    १२४० &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । पटकपटक विवादमा पर्दै आएका फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले फेरि एक विवादास्पद बयान दिएका छन् । उनले उच्च प्रहरी अधिकृतलाई ‘मान्छे मार्न’ निर्देशन दिएका छन् । लेफ्टिनेन्ट कर्नेल जोभी एस्पेनिदोलाई बढुवाको नियुक्तिसँगै दुतेर्तेले यस्तो निर्देशन दिएका हुन् । जोभी उच्च पदस्थ व्यक्तिसमेतको संलग्नतामा भएको लागुऔषध तस्करी काण्डमा मुछिएका प्रहरी अधिकृत भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

    उनै विवादास्पद प्रहरीलाई दुतेर्तेले मनिलामा सार्वजनिक रुपमै यस्तो आदेश दिएका हुन् । राष्ट्रपति दुतेर्तेले भनेका छन्, ‘बाकालोद लागुऔषधले ग्रस्त क्षेत्र हो । जहाँ मैले एस्पेनिदोलाई नियुक्त गरेको छु ।

    मैले उनलाई त्यहाँ गएर जोसुकैलाई मार्न तिमी स्वतन्त्र छौ भनेको छु । ––– का छोराहरु ! मार्न सुरु गर । त्यसपछि हामी दुबैजना जेल जाउँला !’ उनले आक्रोशित बनेर फिलिपिनो र अंग्रेजी दुबै भाषामा यस्तो गाली दिएका थिए । दुतेर्तेले यसअघि पनि धेरै पटक रंगभेदी, जातीय तथा धार्मिक घृणा फैलाउने विवादास्पद गाली सार्वजनिक रुपमै दिएको आरोप खेप्दै आएका छन् । एजेन्सी

    प्रतिकृया दिनुहोस्

    Loading...

    अभिनेता नवाजुद्दिन सिद्दिकी काठमाडौंमा

    काठमाडौं । भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी शनिबार नेपाल आएका छन् । नेपाली फिल्म साम्बालाको प्रिमियरमा...

    बाढीले बगाउँदा बागलुङमा दुई जनाको मृत्यु, एक वेपत्ता

    बागलुङ । बागलुङमा बाढीले बगाएर दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता हुनु...

    फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर सार्वजनिक

    काठमाडौं । आगामी कात्तिक १५ (लक्ष्मीपूजा)लाई मिति तय गरेर प्रदर्शनमा आउन लागेको फिल्म ‘पूर्ण बहादुरको...

    यही तरिकाले सरकार जान्छ भने व्यवस्थामाथि नै संकट पर्नसक्ने : कांग्रेस नेता भण्डारी

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले यही तरिकाले सरकार...

    दीपशिखा सामुदायिक पुस्तकालयमा वक्तृत्वकला

    लेखनाथ । पोखरा महानगरपालिका वडा नं २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयले ‘निरन्तर शिक्षाका लागि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं