SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/६/३० गते
    ८७५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । गैरआवासीय नेपाली संघको नयाँ नेतृत्व चयन गर्नका लागि केहीबेरपछि मतदान सुरु हुँदैछ । मतदाता नामावली प्रकाशन, उम्मेदवारी दर्ता, दावी विरोध लगायतका सम्पूर्ण कार्य सकिएपछि मतदान सुरु हुने भएको हो । अध्यक्षका प्रत्यासी एवम् संघका वर्तमान उपाध्यक्षद्वय कुल आचार्य र कुमार पन्तले अलग–अलग टिम बनाएर उम्मेदवारी दिएका छन् । यसैबीच, अन्तिम समयमा आएर अध्यक्षका प्रत्यासी आचार्य आफ्नो टिम शक्तिशाली बनाउन सफल भएका छन् ।

    पन्तको तर्फबाट कोषाध्यक्षका उम्मेदवार हुने चर्चामा रहेका महेशकुमार श्रेष्ठ र सचिवका उम्मेदवार गौरी जोशी अन्ततः आचार्यकै प्यानलमा फर्किएका हुन् । मतदानको समय सुरु हुनु केहीबेर अघि मात्रै पन्तसँग असन्तुष्टि व्यक्त गर्दै श्रेष्ठ र जोशी आचार्यको प्यानलमा फर्किएका हुन् । जसअनुसार आचार्यको समूहबाट श्रेष्ठ कोषाध्यक्षमा निर्विरोध चयन हुने सम्भावना बढेको छ । जोशीले सचिवमा प्रतिस्पर्धा गर्नेछन् ।

    श्रेष्ठ जापान र जोशी अमेरिकाको गैरआवासीय नेपाली समुदायमा निकै प्रभावशाली मानिन्छन् । श्रेष्ठ आचार्यको प्यानलमा फर्किएपछि यसअघि आचार्यको समूहबाट कोषाध्यक्षमा उम्मेदवारी दिएका सोम सापकोटाले आफ्नो उम्मेद्धारी फिर्ता लिएका छन् । गैरआवासीय नेपाली समुदायमा निकै प्रभावशाली मानिने दुई उम्मेदवार आचार्यको प्यानलमा आएसँगै उनीहरुको टिम थप बलियो बनेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    बैकुण्ठ गिरी, अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत...

    पर्वतका मल्लको अमेरिकामा रिगंटा लागेर ढल्दा मृत्यु, सहयोगका लागि गोफण्ड

    पुनम बसेल, न्युयोर्क । १ वर्ष अगाडी वैदेशिक रोजगारको शिलशिलामा अनेक चुनौती र कठिनाइ पार...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत कुश्माका युवा...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं