SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/६/२७ गते
    १२०३ &#२३४६;&#२३३५;&#२३२५;

    निर्मल पौडेल
    वाग्लुङ सेवा समाज अमेरिकाले विजया दशमी तथा शुभ दिपावलीको पावन अवसमा सामुहिक शुभकामना आदानप्रदान तथा टिका जमरा ग्रहण कार्यक्रम सम्पन्न गरेको छ । नेपालीहरुको महान चाड वडा दशैँअन्र्तगतको अन्तिम दिन कोजाग्रत पुर्णिमाको दिन सामुहिक शुभकामना आदनप्रदान गर्दै टिका प्रसाद र जमरा ग्रहण गर्दै कार्यक्रम सम्पन्न भएको हो । वाग्लुङमा जन्मिएर हाल अमेरिकामा रहेका प्रवासी दाजुभाई तथा दिदिवहिनीहरु एकै ठाउँमा भेला भई हर्सोउल्लासका साथ एक औपचारिक कार्यक्रमका विच शुभकामना आदानप्रदान गरेका हुन् ।

    कार्यक्रममा वोल्दै प्रमुख अतिथी तथा नेपाल सरकारका महावाणिज्य दूत पुस्पराज भट्टराईले नेपालीहरुका चाडपर्वहरु अमुल्य सम्पती भएको भन्दै यस्ता चाडवाडहरुले नेपालीहरुमा भाईचारा र भातृत्वको सम्वन्ध लाई प्रगाढ वनाउने वताए । भट्टराईले प्रवासमा रहेर पनि मातृभुमिको वारेमा सदैव चिन्तन गरिरहने दाजुभाई तथा दिदिवहिनीहरुमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायुको कामना गर्दै प्रवासमा पशिना वगाएर आर्जन गरेको आम्दानी स्वदेशमा लगानी गर्न आग्रह समेत गरे । यस्तै कार्यक्रममा वाग्लुङ सेवा समाज अमेरिकाका अध्यक्ष हरीप्रसाद शर्माले प्रदेशिनु रहर नभई वाध्यता भएको भन्दै नेपालीहरुको यस्तो वाध्यता हटाउनका लागि राज्यले स्वदेशमै उचित किसिमको रोजगारीको व्यवस्था गरिदिनुपर्नेमा जोड दिए ।

    अमेरिकाको न्यूयोर्क उडसाईड एलमहष्र्ट सत्यनारायण मन्दिरमा गरिएको कार्यक्रममा वाग्लुङ मातृभुमि भई अमेरिकाका विभिन्न ठाउँहरुमा विभिन्न किसिमका रोजगारीहरु गर्दै आएका करिव १ सय ५० जना भन्दा वढीको उपस्थिती रहेको थियो । कार्यक्रममा चर्चित कलाकारहरु तिलक वम मल्ल ,विमल डाँगी ,मधुर गिरी र संगिता थापा मगर लगायत अमेरिकामा रहेका स्थानिय नेपाली कलाकार हरुको विशेष सांगितिक प्रस्तुती रहेको युवा समाजसेवी वासु पौडेलले जानकारी दिएका छन् । कार्यक्रममा वाग्लुङ सेवा समाज अमेरिकामा रहेर संस्था लाई योगदान पु¥याउने विभिन्न व्याक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    माछापुच्छ्रेमा शिक्षा दिवस समारोह

    हेमजा । कास्कीको माछापुच्छ्रे गाउँपालिका शिक्षा,यूवा तथा खेलकोद शाखाले राष्ट्रि शिक्षा दिवस–२०८१ बिषेश समारोह बुधवार...

    उपाध्यक्ष मशहूद र अल्कूफीले दिए संविधान दिवसको शुभकामना

    अजय मिश्र,कपिलवस्तु। आज असोज ३ गते अर्थात संविधान दिवस । २०६२,६३ कोे आन्दोलनको राजनीतिक परिवर्तपछि...

    गण्डकी प्रदेश प्रमुखद्वारा संविधान दिवसमा शुभकामना व्यक्त

    पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ को अवसरमा...

    आचार्यलाई राष्ट्रिय शिक्षा पदक

    शिशिर, पोखरा ।पोखराको बाटुलेचौर स्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले राष्ट्रिय शिक्षा पदक प्राप्त...

    कृषि अनुसन्धानको परिचय बनाउँदै बन्दिपुरस्थित बाख्रा अनुसन्धान केन्द्र

    दमौली । बन्दीपुरस्थित राष्ट्रिय अनुसन्धान बाख्रा केन्द्र कृषि तथा पशुपालन गर्नेहरूका लाागि अध्ययनस्थलका रूपमा परिचित...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं