SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/६/११ गते
    १४८४ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । पर्वत जिल्लाको कुश्मामा प्रधान कार्यालय रहेर २०७० सालमा स्थापना भएको नमुना ब्यावसायिक कृषी सहकारीको छैटो साधारण सभा आज कुश्मा बजारमा सम्पन्न भएको छ । साधारण सभामा भएको शेयर सदस्यहरुको भेलाले अध्यक्षमा खड्ग प्रसाद खनाललाई निर्बिरोध निर्वाचित गरेको छ । साथै संस्थाको उपाध्यक्षमा रमेश प्रसाद पौडेल, सचिव खेमराज शर्मा, कोषाध्यक्ष शिव प्रसाद सुवेदीलाई निर्बाचित गरेको हो । यसै गरी सदस्यहरुमा जलन खत्री, सबिता कुमारी शर्मा, लाल बहादुर हरीजन, लोकराज अधिकारी र बैकुण्ठ गिरी चयन भएका छन् ।

    यस्तै भेलाले लेखा समिति पनि गठन गरेको छ जसको संयोजकमा सहकारी संस्थाका निबर्तमान अध्यक्ष याम प्रसाद शर्मा, सदस्यहरुमा डासीराम अधिकारी र ढाकाराम सापकोटा रहेका छन् । सहकारी संस्थाका निवर्तमान अध्यक्ष याम प्रसाद शर्मा संयोजक सहित, निर्वाचन आयुक्त देब शर्मा र सदस्य लोक प्रसाद पौडेल रहेको निर्वाचन मण्डलले यो कार्य समिति चयन गरेको हो ।

    बिभिन्न क्षेत्रमा उत्कृष्ठहरुलाई सम्मान
    २०७० सालमा स्थापना भएको नमुना ब्यावसायिक कृषी सहकारी संस्थाले अघिल्ला बर्षमा जस्तै छैटो साधारण सभामा पनि बिभिन्न क्षेत्रमा उत्कृष्ठ रहेका ब्यक्तीहरुलाई सम्मान गरेको छ ।

    सम्मानित हुनेहरुमा उत्कृष्ठ बिद्यार्थी बचत कर्ता सम्यता आचार्य, शुसान्त शर्मा रहेका छन् । साथै एसईईमा उत्कृष्ठ नतिजा ल्याउने शेयर सदस्यको परिवारबाट मेनका शर्मा तथा प्लस टु बाट सविना कुमारी शर्मा सम्मानित भए । उनीहरुको साथमा पर्वत जिल्लालाई पर्यटन प्रबद्धनमा सहयोग गरेको भन्दै द क्लीप प्रालिका बोर्ड अफ डाईरेक्टर युवराज जोशीलाई पनि सम्मान गरिएको थियो ।

    नमुना ब्यावसायिक कृषी सहकारीको छैटो साधारण सभाको कार्यक्रम सञ्चालन प्रेम प्रसाद पौडेलले गरेका थिए भने साधारण सभाको अध्यक्षता संस्थाका अध्यक्ष याम प्रसाद शर्माले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    बैकुण्ठ गिरी, अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत...

    पर्वतका मल्लको अमेरिकामा रिगंटा लागेर ढल्दा मृत्यु, सहयोगका लागि गोफण्ड

    पुनम बसेल, न्युयोर्क । १ वर्ष अगाडी वैदेशिक रोजगारको शिलशिलामा अनेक चुनौती र कठिनाइ पार...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत कुश्माका युवा...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं