SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/६/७ गते
    ५२० &#२३४६;&#२३३५;&#२३२५;

    सुमन जिसी, लेखनाथ । पोखरा महानगरपालिका तालचोकस्थित डायमण्ड माविले यहि असोज ११ गते विद्यालय प्राङ्गणमा दोस्रो पढाइ महोत्सव गर्ने भएको छ । विद्यार्थीको पढाइमा अभिरुचि बढाउनुका साथै पढ्ने कलाको विकाश गर्ने उद्देश्यले पढाइ महोत्सवलाई यस वर्ष पनि आयोजना गरिएको हो । साना वालबालिकाको शैक्षिक विकाशमा थप सहयोग पुगोस् भन्ने महोत्सवको मुख्य उद्देश्य रहेको विद्यालयका व्यवस्थापक हरि लामिछानेले बताएका छन् ।

    नेपाली तथा अंगे्रजी दुवै विधामा विद्यार्थीहरुले कथा, प्रबन्ध, कविता, तहगत रुपमा अक्षर, शब्द, वाक्य, निवेदन, चिठी, संवाद, चित्रकथा, सूचना, बधाई पत्र, समबेदना पत्र, विज्ञापन आदिको नमुना वाचन प्रस्तुत गर्ने कार्यक्रम रहेको विद्यालयका प्राचार्य यमवहादुर रोकाले बताएका छन् ।

    बावुनानीको सर्वाङ्गीण विकाशका लागि घर र विद्यालयको वातावरण सिकाइ अनुकुल हुनुपर्ने बताउँदै विद्यालयका निर्देशक माधवशरण उपाध्यायले महोत्सवलाई भव्य र प्रभावकारी बनाउन विद्यालय प्रशासन तीव्र तयारीमा लागेको जानकारी दिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान अर्पण गर्दै

    पोखरा । गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित बनिसकेका ७ जना श्रष्टा सम्मानित हुने भएका छन्...

    आज देशभरको मौसम कस्तो रहन्छ?

    पोखरा । देशका केही स्थानमा आज मंगलबार बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम...

    गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतविरुद्ध सर्वोच्चमा कांग्रेस, २७ गते पेसी

    नेपाली कांग्रेसले गण्डकी प्रदेश सरकार विरुद्ध सर्वाेच्च अदालतमा मंगलबार रिट दर्ता गराएको छ । गण्डकीका...

    विकास निर्माणका कामप्रति मुख्यमन्त्री अधिकारीको चासो, दुई दिन भित्र प्रतिवेदन पेश गर्न निर्देशन

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशमा भइरहेका विकास निर्माणका कार्यप्रति चासो देखाउनु भएको...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    बैकुण्ठ गिरी, अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं