SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/६/५ गते
    ८१८ &#२३४६;&#२३३५;&#२३२५;

    श्रीभद्र पौडेल अन्नपूर्ण, । अन्नपूर्ण ३ स्थित काँडे बजारमा एक घर एक धारा निर्माण गरिएको छ । त्यहाँका कुल ४७ घरधुरीमा धारा निर्माण गरिएको हो ।कार्यक्रमको आज गाउँपालिका अध्यक्ष युवराज कुँवरले उद्घाटन गरे ।

    कार्यक्रमका बोल्दै अध्यक्ष कुँवरले पानीलाई जीविकोपार्जनसँग जोड्नुपर्ने भन्दै उपभोक्ता समितिको सक्रियताको प्रशम्सा पनि गरे ।उनले काँडेवासीलाई सरसफाईमा विशेष चनाखो रहन आग्रह गर्दै काँडेमा पार्क निर्माणको तयारी भइरहेको पनि जानकारी दिए । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शोषकान्त पौडेलले खानेपानीको दिगो व्यवस्थापनका लागि गाउँवासी लाग्नुपर्ने बताए ।उनले छोटो समयमा योजना सम्पन्न गरेको भन्दै निर्माण समितिलाई धन्यवाद पनि दिए ।

    वडाध्यक्ष चन्द्रबहादुर गुरुङले पानीलाई अर्थोपार्जनसँग जोड्नुपर्ने भन्दै पानीको सदुपयोग गर्न आग्रह गरे ।अव वडाका करीव तीन सय घरधुरीमा धारा निर्माण गर्न बाँकी रहेको बताएका वडाध्यक्ष गुरुङले वडाका कामवारे चाँसो राख्न पनि काँडेवासीमा अनुरोध गरे।

    कार्यक्रमका बीच उपभोक्ता समितिका सदस्य गुरुदत्त भारतीले काँडेमा खानेपानीको विगतदेखिको अवस्थाका बारेमा प्रकाश पारेका थिए ।कोषाध्यक्ष धिरबहादुर गुरुङले गाउँपालिकाको अनुदान सहयोग, स्थानीय काँडे बराह आमा समूह र प्रत्येक घरघुरीबाट रु. ७ हजारका दरले अर्थ संकलन गरी योजनालाई पूर्णता दिइएको बताए।

    काँडे बराह आमा समूहकी उपाध्यक्ष अम्बिका गुरुङले विगतमा पानीका लागि मेरो वा तेरो पालो भन्नुपरेको भन्दै घरघरै धारा पुगेपछि सामाजिक सद्भाव थप कायम हुने विश्वास व्यक्त गरिन् ।सो अवसरमा उपभोक्ता समितिका अध्यक्ष राजु गुरुङ, सदस्य केशवकुमार विजुक्छे लगायतले पनि धारणा राखेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान अर्पण गर्दै

    पोखरा । गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित बनिसकेका ७ जना श्रष्टा सम्मानित हुने भएका छन्...

    आज देशभरको मौसम कस्तो रहन्छ?

    पोखरा । देशका केही स्थानमा आज मंगलबार बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम...

    गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतविरुद्ध सर्वोच्चमा कांग्रेस, २७ गते पेसी

    नेपाली कांग्रेसले गण्डकी प्रदेश सरकार विरुद्ध सर्वाेच्च अदालतमा मंगलबार रिट दर्ता गराएको छ । गण्डकीका...

    विकास निर्माणका कामप्रति मुख्यमन्त्री अधिकारीको चासो, दुई दिन भित्र प्रतिवेदन पेश गर्न निर्देशन

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशमा भइरहेका विकास निर्माणका कार्यप्रति चासो देखाउनु भएको...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    बैकुण्ठ गिरी, अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं