SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/१२ गते
    १३५८ &#२३४६;&#२३३५;&#२३२५;

    कविता
    “प्रिय तिम्रो शहरमा”
    घर नजिक तर मन टाढा टाढा रैछन तिम्रो शहरमा!
    मलाई यहि अनुभुति दिलायो आज तिम्रो शहरले
    म वेवारिसे अवस्थामा रन्थनिएर भोक भोकै सडक सडक डुल्दा
    अगाडी हात तेर्साऊँदा
    अहँ
    कसैले ला भन्ऩ सकेनन्
    कसैले बस भन्ऩ सकेनन्
    कतिले गालि गरे
    कतिले पिटे
    कतिले थुके
    प्रिय तिम्रो शहरमा।
    वोलाई पनि कस्तो
    “साला खाते”
    म चिसोले सडक पेटीमा कठ्याङ्ग्रीएर अनयासै पल्टिँदा ऊस्को ब्यापार हुँदैन रे,
    फोहोर भयो भन्दै थर्कायो
    ऊता जा खाते…!
    सोधेन ऊस्ले र सोधेनन कसैले पनि के भयो तँलाई?
    मेरो मनको आहत कसैले बुझेनन्
    प्रिय तिम्रो शहरमा
    फेरी
    मेरो बोली पनि कसैले सुनेनन हो प्रिय तिम्रो शहरमा।
    तिमी धेरै पहिले वाट जुन शहरमा वसिरहेको छौ
    म किन वस्न सकिन?
    म किन रम्न सकिन?
    आफ्नै मन सँग प्रश्न गर्छु
    र सम्झन्छु
    प्यारो गाँऊ
    प्यारो ठाऊँ
    जहाँ घरहरु झुपडिहरु टाढा टाढा छन् मन कति नजिक छन् तर
    प्रिय तिम्रो शहरमा…।
    मेरो प्यारो गाऊँ
    प्यारो ठाऊँ
    जहाँ कोहि गयो भने पनि बसम भनेर
    सोध्नु पर्दैन
    वस्नुस न पहिलै वोलिन्छ,
    खान पाए भन्ऩु पर्दैन
    खानुस न पहिलै भनिन्छ,
    जाडोमा ओड्न पाए
    ओछ्याऊन पाए
    न्यानोमा बस्न पाए भन्ऩु पर्दैन
    खास्टो दिईन्छ पहिलै
    अगेनोमा आगो फुकिन्छ
    र सवै गोलाकार भई तापिन्छ मनका कथा व्यथा साटिन्छ
    आहा! कस्तो आत्मियता,
    कस्तो मानवियता,
    कस्तो सम्मान कति आनन्द झुपडिहरुमा।
    कुनै रुपियाँको आवश्यकता पर्दैन जसको लागि
    तर
    प्रिय तिम्रो शहरमा
    सवै कारोवार रुपियाँमा हुने रहेछ
    नाकावन्दीको बाहना बनाएर एऊटा दाऊरालाई पनि किलो हिसावमा विक्रि भईरहेछ
    म कसरी किन्ऩ सक्छु र?
    मेरो बाले गाऊँमा लगाएको दुई किलो आलु बेचेर एक किलो दाऊरा
    प्रिय तिम्रो शहरमा।
    चिल्ला पोशाक लगाएर वाहिरी वनावट देखाऊनेहरुलाई
    भलाद्मी पल्टिने हरुलाई
    कौडिमा जवानी किनबेच गर्ने हरुलाई
    गरिवको पशिना चुसेर पार्टि र सेमिनारमा नशामा झुल्लिएर मस्ति खोज्नेहरुलाई
    ऐशा पैसा जवानी र रुपरङ्ग रोज्ने हरुलाई
    चिल्ला सवारीमा दौडिने हरुलाई
    एकपटक प्यारो गाऊँ र झुपडिको कथा किन सुनाईनौ मेरो प्रिय? प्रिय तिम्रो शहरमा।
    प्रिय तिम्रो शहरमा
    यस्तै रहेछ जँहा घर नजिक नजिक र मन टाढा टाढा हुँदो रहेछ
    तिमी यहि शहर प्रिय ठान्छौ र सवै बद्लिएकी छौ
    तर म वदल्न सकिन आँफूलाई म प्रिय ठान्छु
    प्यारो गाऊँ र गाऊँमै जन्मेकी तिमीलाई….।
    npघायल

    प्रतिकृया दिनुहोस्

    Loading...

    अभिनेता नवाजुद्दिन सिद्दिकी काठमाडौंमा

    काठमाडौं । भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी शनिबार नेपाल आएका छन् । नेपाली फिल्म साम्बालाको प्रिमियरमा...

    बाढीले बगाउँदा बागलुङमा दुई जनाको मृत्यु, एक वेपत्ता

    बागलुङ । बागलुङमा बाढीले बगाएर दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता हुनु...

    फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर सार्वजनिक

    काठमाडौं । आगामी कात्तिक १५ (लक्ष्मीपूजा)लाई मिति तय गरेर प्रदर्शनमा आउन लागेको फिल्म ‘पूर्ण बहादुरको...

    यही तरिकाले सरकार जान्छ भने व्यवस्थामाथि नै संकट पर्नसक्ने : कांग्रेस नेता भण्डारी

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले यही तरिकाले सरकार...

    दीपशिखा सामुदायिक पुस्तकालयमा वक्तृत्वकला

    लेखनाथ । पोखरा महानगरपालिका वडा नं २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयले ‘निरन्तर शिक्षाका लागि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं