SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/९ गते
    ५०० &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा ।
    चापाकोट पर्यटन प्रवद्र्धन समिति र चापाकोट देउराली होमस्टेको संयुक्त आयोजनामा पोखरा–२३ चापाकोटमा आयोजित तीज गित प्रतियोगितामा वडा स्तरिय वाल मञ्च–२३ प्रथम भएको छ । प्रतियोगितामा सहनशिल आमा समुह, बाम्दी द्वितिय, पञ्चासे परिवर्तन आमा समुह ठूलाखेत तृतीय र चापाकोट आधारभूत विद्यालय सान्त्वना भएको छ ।

    प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय र सान्त्वना हुने समुहले क्रमश ः नगद १० हजार, ७ हजार, ५ हजार र ३ हजार सहित प्रमाणपत्र पुरस्कार प्राप्त गरे । त्यसैगरि सक्रिय बाल क्लव, रैकरका सलिना देवकोटाले उत्कृष्ट नृत्य गर्दै नगद १ हजार रुपैयाँ प्राप्त गरिन् ।

    चापाकोटमा सञ्चालित होमस्टे कार्यक्रमको प्रवद्र्धन गर्ने उद्येश्यले आयोजित प्रतियोगितामा सहभागि समुहले होमस्टे सम्बन्धित गित गाएका थिए । प्रतियोगितामा विभिन्न २५ समुहले सहभागिता जनाएका थिए । प्रतियोगिताको निर्णायकहरुमा जीवन दाहाल, सरला पाण्डे, रामजी पौडेल, सविना गुरुङ्ग रहेका थिए ।

    यसअघि कार्यक्रमका प्रमुख अतिथि पर्यटन व्यवसायि महिला संघ नेपालका अध्यक्ष लक्की कार्कीले कार्यक्रमको उद्घाटन गर्दै गाउँको विकासका लागि होमस्टे महत्वपूर्ण हुने जनाइन् । विदेशिने युवालाई स्वदेशमै रोजगारी श्रृजनाका लागि पनि होमस्टे सहयोगी हुने उनले औल्याइन् ।

    प्रतियोगिता संयोजक चन्द्राकुमारी रानाको सभाध्यक्षमा सम्पन्न कार्यक्रममा वडा नम्बर २३ का वडाध्यक्ष विष्णुप्रसाद पराजुली, चापाकोट प्रवद्र्धन समितिका अध्यक्ष भिम पराजुली, देउराली होमस्टेका अध्यक्ष विश्वराज पराजुली, विदेशी अतिथि त्रिया टान लगायतले गाउँमा सञ्चालित होमस्टेका बारेमा जानकारी दिएका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं