SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/४/२४ गते
    १३२५ &#२३४६;&#२३३५;&#२३२५;

    शिशिर, पोखरा ।
    पोखराकै प्रसिद्घ महेन्द्र गुफामा र चमेरे गुफामा भारतिय पर्यटकको संख्यामा वृद्धी भएको छ । प्राकृतिक गुफाको रुपमा परिचित दुवै गुफामा आर्थिक वर्ष २०७५÷०७६ मा उल्लेख्य रुपमा भारतिय पर्यटकले अवलोकन गरेको महेन्द्र गुफामा चमेरे गुफा सचिवालयले जनाएको छ । गत आर्थिक वर्षमा महेन्द्र गुफामा मात्रै ८४ हजार ६ सय १२ जना र चमेरे गुफामा ४२ हजार ८ सय ५४ जना पर्यटक भित्रिएको सचिवालयका अप्रेशन म्यानेजर शिशिर पौडेलले जानकारी दिनुभयो ।

    अघिल्लो आ.व २०७४÷०७५ मा भन्दा यस आ.वमा दुवै गुफामा गरी २६ हजार ७ सय ३० जना भारतिय पर्यटकको संख्यामा वृद्घि भएको हो । यस आ.वमा स्वदेशी र विदेशी पर्यटकको संख्या केही घटे पनि सार्क मुलुक मध्ये भारतवाट आउने पर्यटकको संख्या वृद्घि भएको पौडेलले वताउनुभयो । यस आ.वमा दुवै गुफाबाट ३ करोड भन्दा बढी आम्दानी समेत भएको छ । पछिल्लो समय गुफा क्षेत्रको आन्तरिक व्यवस्थापनमा केही सुधार भएका कारण पनि आम्दानी सँगसँगै खर्चमा पनि वृद्घि भएको बताईएको छ ।

    वाटुलेचौरस्थित विन्ध्यवासिनी मा.विको स्वामित्व तथा संरक्षकत्वमा संचालित दुवै गुफाको वृहत र व्यवस्थित विकासका लागि गुरुयोजना समेत निर्माण भएको छ । गुफा क्षेत्रलाई थप आर्कषित वनाउन गुरुयोजना अनुसार नै काम शुरु गरिने महेन्द्र गुपmा चमेरे गुफा पर्यटकीय विकास समितिका संयोजक यदुनाथ वञ्जराले बताउनुभयो ।

    पर्यटकको सुरक्षाको लागि सिसि क्यामेरा जडान गरिएको गुफामा अव छिट्टै फ्रि वाई फाई सेवा संचालनमा ल्याईने वञ्जराले जानकारी दिनुभयो । गुफावाट प्राप्त आम्दानीले त्यस क्षेत्रको मात्र नभई आसपासको भौतिक तथा पर्यटकीय विकासका लागि पनि आफुहरुले सहयोग गरेको विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले वताउनुभयो ।“गुफाको भौतिक विकाससँगसँगै, त्यस क्षेत्रको सडक, नाला निर्माण तथा फोहर व्यवस्थापनको लागि पनि सहयोग गरेका छौं” आचार्यले भन्नुभयो ।

    त्यस क्षेत्रको फोहर व्यवस्थापनको लागि विद्यालय र वडा कार्यालयको समन्वयमा डस्टविन राख्ने कार्य समेत भएको छ । गुफाको गुरुयोजनालाई कार्यान्वयन गर्न प्रारम्भिक रुपमा ५० लाख रुपैंया विनियोजन गरी कार्य शुरु गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा थापाले वताउनुभयो । गुरुयोजना अनुशार सवै कार्य सम्पन्न गर्न भने केहि समय लाग्ने उहाँको भनाई छ । सरकारले घोषणा गरेको भ्रमण वर्ष मनाईरहँदा वाहृय पर्यटकको आगमन वृद्घि हुनुले पनि पर्यटन क्षेत्रमा उत्साह थपेको वताईएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    बैकुण्ठ गिरी, अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत...

    पर्वतका मल्लको अमेरिकामा रिगंटा लागेर ढल्दा मृत्यु, सहयोगका लागि गोफण्ड

    पुनम बसेल, न्युयोर्क । १ वर्ष अगाडी वैदेशिक रोजगारको शिलशिलामा अनेक चुनौती र कठिनाइ पार...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत कुश्माका युवा...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं