SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/६/६ गते
    १०४ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । महिला अधिकारका लागि राष्ट्रिय अभियान कास्की जिल्ला शाखा पोखरा १५ को आयोजनामा शनिबार कोलपाटनमा महिला हिंसा विरुद्धको जनचेतना मूलक सडक नाटक शनिबार सम्पन्न भयो ।

    कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. १५ का अध्यक्ष तोरण बहादुर वानियाले उद्घाटन गर्दै आफुले समाजको लागि राम्रो गर्दा गर्दै पनि केहि व्यक्तिहरुले अनर्गल प्रचार गरेको वताउँदै आफुलाई कुनै फरक नपर्ने वताए । उनले सडक नाटकले महिला हिंसा न्युनिकरणमा महत्वपूर्ण भूमिका खेल्ने वताए ।

    कार्यक्रममा महिला अधिकारका लागि राष्ट्रिय सञ्जालकी केन्द्रीयय उपाध्यक्ष दिलमाया गुरुङ, राम वजार प्रहरी चौकी इन्चार्ज वरिष्ठ नायव निरिक्षक राजु थापा, प्रतिभा आमा समुह पोखरा १५ की अध्यक्ष भगवती कार्की खड्काले वोलेका थिए ।

    सो अवसरमा कलाकारहरु सुनिता कडेंल, गिता शर्मा, माया लामिछाने, दुर्गा थापा, विष्णु गिरी, तारा बानिया, पुष्पा गुरुङ, गिता भण्डारी, सुसिला गुरुङ, सीता रानाभाट, सरस्वती अधिकारीले अभिनय गरेका थिए भने सलिना गुरुङले नृत्य प्रस्तुत गरेकी थिइन ।
    अभियानकी अध्यक्ष कुमारी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष गिता शर्माले र संचालन रमिता पौडेलले गरेकी थिइन

    प्रतिकृया दिनुहोस्

    Loading...

    २४ हजार लिटर पानी हेलिकोप्टरबाट खन्याइयो,अझै निभेन महाभारतको आगो

    काभ्रे । काभ्रेपलाञ्चोकको खानीखोला र बेथानचोक गाउँपालिकाको सिमानामा पर्ने थामलेकको महाभारत जंगलमा लागेको आगो निभाउन...

    पर्वत केन्द्रविन्दु भएर ३.८ म्याग्निच्यूडको भूकम्प

    पर्वत केन्द्रविन्दु भएर भूकम्प गएको छ।  आज बेलुका ७ बजेर ८ मिनेटमा पर्वतको मोदी गाउँपालिकाको...

    ‘कोशेढुंगा’को कलाकार लाइनअप घोषणा

    काठमाडौं । हिस्टोरिकल ब्लकबस्टर चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक सरोज पौडेलले ‘कोशेढुंगा’ निर्माणको घोषणा...

    ‘लाज शरणम्’

    काठमाडौं । बहुप्रतीक्षित नेपाली चलचित्र ‘लाज शरणम्’को नयाँ पोस्टर सार्वजनिक भएको छ। यस पोस्टरले चलचित्रका...

    ‘एक्टर: टेक वन’ ट्रेलरको कीर्तिमान: ओभरसिजमा बढ्यो माग, नेपालसँगै यी देशमा रिलिज हुने

    काठमाडौं । माघ १६ गते रिलिज हुने प्रतीक्षित नेपाली चलचित्र ‘एक्टर: टेक वन’ अब नेपालसँगै...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं