SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/६/१ गते
    १६४ &#२३४६;&#२३३५;&#२३२५;

    मध्यविन्दु (नवलपरासी) । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनसहभागिता विनाका कुनै पनि योजना सफल हुन नसक्ने बताएका छन् ।नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–११ मा सरसफाइ प्रवर्द्धन तथा जैविक मल उत्पादन केन्द्रको मंगलबार उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले सरकारको मात्र लगानीले योजना सफल नहुने बताएका छन् ।

    ‘आम जनताको सहभागिता विना कुनै पनि मुलुक सफल हुन सक्दैन, त्यसैले जनचासो र जनसहभागिता हरेक क्षेत्रमा आवश्यक छ’, उनले भने, ‘सङ्घ, प्रदेश र स्थानीय सरकारले गर्न खोजेका कार्यक्रममा जनताको सकारात्मक साथ र चासो भएमात्र काम सफल हुने देखिन्छ ।’

    समाजमा अहिलेको व्यवस्था र सरकारप्रति भ्रम छर्ने काम भएको बताउँदै उनले सकारात्मक कामको जनतासमक्ष सही सूचना दिनु आवश्यक रहेको उल्लेख गरे । जनतामा नकारात्मक भाव पैदा गर्ने काम धेरै भएकाले भए/गरेका कामको जानकारी जनताले लिनु आवश्यक रहेको उनको भनाइ छ ।

    ‘देशमा काम नभएको होइन, धेरै भएको छ । त्यसलाई जनतासमक्ष पुर्‍याउँदा नकारात्मक भावना छर्ने काम भएको छ, त्यस्ता कुराले मुलुकको दूरभविष्यलाई असर पार्दछ’, उनले भने, ‘केही भएन होइन कि भएका के छन् र गर्नुपर्ने के हो, यसमा मेरो सहभागिता के हो भन्ने सोच जनतामा हुनु आवश्यक छ ।’

    गण्डकी प्रदेशले प्रत्येक आर्थिक वर्षमा नवप्रवर्तन कार्यक्रम मार्फत प्रदेशभित्रका स्थानीय सरकारसँग साझेदारीमा नवीनतम कार्य गर्दै आएको उनले जानकारी दिए । चालु आर्थिक वर्षमा पनि १८ वटा स्थानीय सरकारसँग साझेदारी गर्नेगरी मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रम छनोट भएको मुख्यमन्त्री पाण्डेले बताए ।

    ‘अहिले हरेक कुरा सरकारले गरिदिनुपर्छ भन्ने सोच विकास भएको छ तर सरकारले मात्र होइन सरकारले ल्याएको कार्यक्रममा जनताको पनि अहम् भूमिका हुन्छ’, उनले भने, ‘सफल नभएका काम किन भएन त्यसलाई कसरी सफल बनाउने, हाम्रो जिम्मेवारी के छ ? कसरी गर्न सकिन्छ भनेर नागरिकले सोचिदिनुस् ।’

     

    प्रतिकृया दिनुहोस्

    Loading...

    २४ हजार लिटर पानी हेलिकोप्टरबाट खन्याइयो,अझै निभेन महाभारतको आगो

    काभ्रे । काभ्रेपलाञ्चोकको खानीखोला र बेथानचोक गाउँपालिकाको सिमानामा पर्ने थामलेकको महाभारत जंगलमा लागेको आगो निभाउन...

    पर्वत केन्द्रविन्दु भएर ३.८ म्याग्निच्यूडको भूकम्प

    पर्वत केन्द्रविन्दु भएर भूकम्प गएको छ।  आज बेलुका ७ बजेर ८ मिनेटमा पर्वतको मोदी गाउँपालिकाको...

    ‘कोशेढुंगा’को कलाकार लाइनअप घोषणा

    काठमाडौं । हिस्टोरिकल ब्लकबस्टर चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक सरोज पौडेलले ‘कोशेढुंगा’ निर्माणको घोषणा...

    ‘लाज शरणम्’

    काठमाडौं । बहुप्रतीक्षित नेपाली चलचित्र ‘लाज शरणम्’को नयाँ पोस्टर सार्वजनिक भएको छ। यस पोस्टरले चलचित्रका...

    ‘एक्टर: टेक वन’ ट्रेलरको कीर्तिमान: ओभरसिजमा बढ्यो माग, नेपालसँगै यी देशमा रिलिज हुने

    काठमाडौं । माघ १६ गते रिलिज हुने प्रतीक्षित नेपाली चलचित्र ‘एक्टर: टेक वन’ अब नेपालसँगै...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं