SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/४/२६ गते
    १२२ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । आज पनि देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ ।जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    मनसुनी वायुको प्रभावका कारण हाल देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

    आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा मधेश प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा मधेश प्रदेशको थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरा १५ मा बृहत् खेलकुद महोत्सवको तयारी तीव्र, ‘राईट फर चिल्ड्रेन’ को संस्थागत सहयोग

    पोखरा । पोखरा वडा नं. १५ कार्यालयले आगामी माघ २ गतेदेखि आयोजना गर्ने बृहत खेलकुद...

    रामचरण स्टारर ‘गेम चेन्जर’ ट्रेलर : भ्रष्ट मुख्यमन्त्रीविरुद्ध नायक प्रतिरोधको कथा

    काठमाडौं । राम चरण र कियारा आडवाणी अभिनित तेलुगु फिल्म ‘गेम चेन्जर’को ट्रेलर सार्वजनिक भएको...

    परिणाममुखी काम गर्न देशभरका सिडिओहरूलाई गृहमन्त्रीको निर्देशन

    काठमाडौँ । गृहमन्त्री रमेश लेखकले मुलुकभरका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखलाई परिणाममुखी काम गर्न...

    दीपशिखा पुस्तकालयमा ट्याग परियोजनावारे छलफल

    पोखरा । पोखरा महानगरपालिका वडा नं २९ भण्डारढिकमा रहेको दीपशिखा सामुदायिक पुस्तकालयमा रिड नेपाल अन्र्तगतको...

    देउपुरमा ज्येष्ठ कम्युनिष्टहरुलाई एमालेद्धारा सम्मान

    पर्वत । पर्वत  जिल्लाको मोदी गाँउपालिका वडा नं २ देउपुरमा ज्येष्ठ कम्युनिष्टहरुलाई सम्मान गरिएको छ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं