SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/४/२५ गते
    १६४ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि अनावश्यक लान्छना लगाइरहेको बताएका छन् ।

    आज (शुक्रबार) पार्टी स्थायी कमिटी बैठकमा प्रचण्डले विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमाथि सरकार अस्वभाविक र अप्राकृतिक ढंगले प्रस्तुत भइरहेको ब्रिफिङ गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए । प्रचण्डको भनाइ उद्धृत गर्दै उनले भने, ‘विद्युत प्राधिकरणका कार्यकारी अधिकृतमाथि अस्वभाविक ढंगले, अप्राकृतिक ढंगले लान्छना लगाउने कुरा भइरहेको छ ।’

    त्यस्तै, प्रवक्ता सापकोटाका अनुसार प्रचण्डले आफू नेतृत्वको सरकारको पालामा सुरु भएको सुशासन र भ्रष्टाचार विरोधी अभियानलाई वर्तमान सरकारले अगाडि बढाउनुको साटो अवरोध सिर्जना गरेको बताए । ‘सरकारले त्यस्तो सुशासनको सवालमा, भ्रष्टाचार विरोधी अभियानमा अवरोध हुने खालका कुरा नगरोस् भनेर हामीले खबरदारी गरेका छौं,’– प्रवक्ता सापकोटाले भने ।

    माओवादी केन्द्रको स्थायी कमिटीको अर्को बैठक भोलि बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने उनले जानकारी गराए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरा १५ मा बृहत् खेलकुद महोत्सवको तयारी तीव्र, ‘राईट फर चिल्ड्रेन’ को संस्थागत सहयोग

    पोखरा । पोखरा वडा नं. १५ कार्यालयले आगामी माघ २ गतेदेखि आयोजना गर्ने बृहत खेलकुद...

    रामचरण स्टारर ‘गेम चेन्जर’ ट्रेलर : भ्रष्ट मुख्यमन्त्रीविरुद्ध नायक प्रतिरोधको कथा

    काठमाडौं । राम चरण र कियारा आडवाणी अभिनित तेलुगु फिल्म ‘गेम चेन्जर’को ट्रेलर सार्वजनिक भएको...

    परिणाममुखी काम गर्न देशभरका सिडिओहरूलाई गृहमन्त्रीको निर्देशन

    काठमाडौँ । गृहमन्त्री रमेश लेखकले मुलुकभरका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखलाई परिणाममुखी काम गर्न...

    दीपशिखा पुस्तकालयमा ट्याग परियोजनावारे छलफल

    पोखरा । पोखरा महानगरपालिका वडा नं २९ भण्डारढिकमा रहेको दीपशिखा सामुदायिक पुस्तकालयमा रिड नेपाल अन्र्तगतको...

    देउपुरमा ज्येष्ठ कम्युनिष्टहरुलाई एमालेद्धारा सम्मान

    पर्वत । पर्वत  जिल्लाको मोदी गाँउपालिका वडा नं २ देउपुरमा ज्येष्ठ कम्युनिष्टहरुलाई सम्मान गरिएको छ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं