SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/४/२५ गते
    १०७ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेपालमा १८ वर्ष मुनिको जनसंख्या झन्डै एक करोड रहेको देखिएको छ ।राष्ट्रिय तथ्यांक कार्यालयले राष्ट्रिय जनगणना अन्तर्गत शुक्रबार बालबालिकासँग सम्बन्धित तथ्यांक सार्वजनिक गरेको छ । जस अनुसार देशभर ९८ लाख ६९ हजार ५८३ जना बालबालिका (० देखि १७ वर्षसम्म) रहेको देखिएको छ । यो कुल जनसंख्याको ३३.८ प्रतिशत हिस्सा हो ।

    जनगणना अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७९ जना रहेको छ । बालबालिकामध्ये बालकको संख्या धेरै देखिएको छ । कुल जनसंख्यामा भने पुरुषको तुलनामा महिला धेरै छन् ।

    कार्यालयका अनुसार देशभर रहेको बालबालिको संख्यामध्ये बालक ५१.८ प्रतिशत र बालिका ४८.२ प्रतिशत रहेका देखिन्छ ।कुल जनसंख्यामा भने पुरुषको तुलनामा महिलाको जनसंख्या ६.५ लाखले धेरै देखिएको छ । बालबालिकाको मात्र हिसाव गर्दा बालकभन्दा बालिका ३.६ लाख कम छन् ।

    बालबालिकामध्ये १० देखि १४ वर्षसम्मका बालबालिकाको संख्या अधिक देखिएको छ । यस वर्गमा कुल बालबालिकाको २९.५ प्रतिशत हिस्सा देखिन्छ । त्यसपछि क्रमशः ५ देखि ९, ४ वर्ष भन्दा कम र १५ देखि १७ वर्षसम्मका बालबालिका देखिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    लेखनाथ महोत्सवमा हाजिरी जवाफ

    लेखनाथ। कास्कीको लेखनाथमा जारी २० औ संस्करणको लेखनाथ महोत्सवमा आमा तथा महिला समुह विच हाजिरी...

    आधुनिक दासत्व र मानव तस्करी विरुद्ध एक होऔँः प्रदेश प्रमुख भट्ट

    पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले विश्वसामु नयाँ चुनौतीका रूपमा देखापरेको आधुनिक दासत्व र...

    गण्डकी प्रदेश तेक्वान्दो संघको वार्षिक साधारण सभा सम्पन्न, अध्यावधिक नहुने खेल संघलाई कार्वाही गर्ने सदस्य सचिव शर्माको चेतावनी

    पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले खेल संघहरुले दर्ता, नविकरण, अध्यावधिक...

    श्री गाउँ विकास सहकारीको साधारणसभा सम्पन्न

    शिशिर,पोखरा। श्री गाउँ विकास समाज बहुमुखी सहकारी पोखरा १६ बाटुलेचौरको २६ औं साधारण सभा सम्पन्न...

    खाना पकाउने ग्याँस आगलागी हुँदा पर्वतको पिपलटारीमा एकको मृत्यु

    पर्वत । पर्वतको पिपलटारीमा खाना पकाउने ग्याँस सिलिन्डर लिक भएर आगोलागी हुँदा बृद्धमहिला दुर्गादेवि पौडेलको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं