SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/४/२२ गते
    २१७ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । सत्कार बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा संस्थाका सचिव मोरङको बेलबारी नगरपालिका–५ घर भएका ३२ वर्षीय गोविन्द पुरी, कोषाध्यक्ष रामेछाप नगरपालिका–८ घर भएका ३७ वर्षीय मेश श्रेष्ठ र सत्कार सहकारीको चाबहिल शाखाका व्यवस्थापक ३७ वर्षीय रामेछाप–८ का ३७ वर्षीय धु्रवराज कार्की छन् ।

    उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो । सामाखुसी प्रधान कार्यालय भएको उक्त सहकारीको चाबहिल तथा न्यूरोड शाखा छ ।

    यस सहकारीले बचतकर्ताको रकम अपचलन गरेको भन्दै जाहेरी परेपछि पक्राउ गरिएको सीआईबीका एसपी तथा प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

    पक्राउ परेकाहरू विरुद्ध ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अभिनेता नवाजुद्दिन सिद्दिकी काठमाडौंमा

    काठमाडौं । भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी शनिबार नेपाल आएका छन् । नेपाली फिल्म साम्बालाको प्रिमियरमा...

    बाढीले बगाउँदा बागलुङमा दुई जनाको मृत्यु, एक वेपत्ता

    बागलुङ । बागलुङमा बाढीले बगाएर दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता हुनु...

    फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर सार्वजनिक

    काठमाडौं । आगामी कात्तिक १५ (लक्ष्मीपूजा)लाई मिति तय गरेर प्रदर्शनमा आउन लागेको फिल्म ‘पूर्ण बहादुरको...

    यही तरिकाले सरकार जान्छ भने व्यवस्थामाथि नै संकट पर्नसक्ने : कांग्रेस नेता भण्डारी

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले यही तरिकाले सरकार...

    दीपशिखा सामुदायिक पुस्तकालयमा वक्तृत्वकला

    लेखनाथ । पोखरा महानगरपालिका वडा नं २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयले ‘निरन्तर शिक्षाका लागि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं