SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/४/१९ गते
    ५१ &#२३४६;&#२३३५;&#२३२५;

    शिशिर पौडेल ,पोखरा ।पोखराको बाटुलेचौर िस्थत विन्ध्यवासिनि माध्यमिक विद्यालयमा खुला कबिता वाचन प्रतियोगिता सम्पन्न भएको छ।युवा रेडक्रस सर्कल विन्ध्यवासिनी मा विको आयोजनामा भएको प्रतियोगितामा नम्रता सुनार प्रथम, एञ्जिला भट्टराई द्वितीय, नितिसा भट्टराई तृतीय र प्रतिक गौतम,कृतिका अधिकारी, अनिता थापाले सान्त्वना स्थान प्राप्त गरेका छन् ।

    उत्कृष्ट विद्यार्थीलाई प्रअ एवम् संरक्षक शिक्षक कृष्णप्रसाद आचार्य , स प्रअ राम बहादुर बानियाँले पुरस्कार वितरण गर्नुभयो।कार्यक्रममा बोल्दै प्रधानाध्यापक आचार्यले विद्यार्थीको शैक्षिक तथा व्यक्तित्व विकासमा यस्ता कार्यक्रमले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताउनुभयो।

    कार्यक्रममा सहायक प्रधानाध्यापक रामबहादुर बानियाँ, शिक्षक महेन्द्रमणि पौडेल, शिक्षक नायक विष्णुप्रसाद पाैडेल, निर्णायक संयाेजक ईन्दु भट्टराई लगायतले उत्कृष्ट विद्यार्थीलाई बधाई दिंदै, साहित्य सिर्जनामा कलम चलाउन सुझाव दिए ।

    १७ जना प्रतियोगीले सहभागिता जनाएको कार्यक्रमको अध्यक्षता सर्कलका अध्यक्ष विवेक अधिकारी र सञ्चालन उपसचिव सुनिता श्रेष्ठले गर्नु भएको थियोे ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अभिनेता नवाजुद्दिन सिद्दिकी काठमाडौंमा

    काठमाडौं । भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी शनिबार नेपाल आएका छन् । नेपाली फिल्म साम्बालाको प्रिमियरमा...

    बाढीले बगाउँदा बागलुङमा दुई जनाको मृत्यु, एक वेपत्ता

    बागलुङ । बागलुङमा बाढीले बगाएर दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता हुनु...

    फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर सार्वजनिक

    काठमाडौं । आगामी कात्तिक १५ (लक्ष्मीपूजा)लाई मिति तय गरेर प्रदर्शनमा आउन लागेको फिल्म ‘पूर्ण बहादुरको...

    यही तरिकाले सरकार जान्छ भने व्यवस्थामाथि नै संकट पर्नसक्ने : कांग्रेस नेता भण्डारी

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले यही तरिकाले सरकार...

    दीपशिखा सामुदायिक पुस्तकालयमा वक्तृत्वकला

    लेखनाथ । पोखरा महानगरपालिका वडा नं २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयले ‘निरन्तर शिक्षाका लागि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं