SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/४/१७ गते
    १३७ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । पोखराको रत्नचोक स्थित श्रीकृष्ण प्रणामी मन्दिरमा जारी श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनमा भक्तजनको उल्लेख्य सहभागीता जनाएका छन । भदौ १० गते श्रीकृष्ण अष्टमी सम्म सञ्चालन हुने उक्त कार्यक्रमको सातौ दिन सम्म आइपुग्दा भक्तजनहरुको उल्लेख्य सहभागीता रहेको श्रीकृष्ण प्रणामी सेवा समितिका अध्यक्ष मोहन प्रसाद ढकालले जानकारी दिए ।

    ढकालका अनुसार श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सातौ दिन सम्म आइपुुग्दा भक्तजनको सहभागीता संगै कार्यक्रमलाई सफल बनाउनका लागी सहयोग रकम समेत आउने क्रम शुरु भएको छ । सातौ दिन बुधबार श्रीकृष्ण प्रणामी सेवा समितिका केन्द्रीय उपाध्यक्ष कल्याण कार्की र केन्द्रीय सदस्य बद्री प्रसाद ओलीको उपस्थिती रहेको समेत अध्यक्ष ढकालले जानकारी दिए ।

    सातौ दिनमा उपस्थित अतिथिहरु केन्द्रीय उपाध्यक्ष कल्याण कार्कीले ५ हजार ५ सय ५५ र केन्द्रीय सदस्य बद्री प्रसाद ओलीले ५१ हजार नगद सहयोग प्रदान गरेको कार्यक्रमका अर्थ संयोजक टेकनाथ पराजुलीले जानकारी दिए । पुराजुलीका अनुसार कार्यक्रम सफल बनाउन आफ्नो संयोजकत्वमा भागरथी बराल र इन्दीरा सापकोटाको टोलीले सहयोग गरिरहेका छन ।

    कार्यक्रममा हाल सम्म पोखरा महानगरपालिकाका वडा नं ७ का अध्यक्ष राममोहन आचार्य सहित वडा सदस्यहरु, श्रीकृष्ण प्रणामी सेवा समितिका केन्द्रीय सदस्य केदारनाथ अधिकारी, महिला बिकासका लागि आमा समुहका अध्यक्ष तुलसी बराल, जानुका चालिसे, गंगा क्षेत्री, तिलुकुमारी पुरी, कृष्ण, लक्ष्मी पुरी, रोशन बन्जरा, भोला गिरी, जमुना पुरी, गंगा पुरी, जिल्ला उपाध्यक्ष विष्णु पहाडी, तारा गिरी, विष्णु सिग्देल लगायतको उपस्थिती जनाएको जिल्ला सचिव लक्ष्मण बरालले जानकारी दिए ।

    एक महिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनमा श्रीकृष्ण प्रणामी धर्मका धर्म प्रचारक तुलसी स्वरुप महाराज र लिलाम्बर सापकोटाले उपबाचकको रुपमा प्रवचन प्रदान गरिरहेका छनभने भजन संगीतमा संगीतकार बालकृष्ण आचार्य र तवेलामा सुजन बन्जराले साथ दिइरहेका छन । हरेक दिन ११ बजे देखी २ बजे सम्म श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन हुने श्रीकृष्ण प्रणामी सेवा समितिका अध्यक्ष मोहन प्रसाद ढकालले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरा उपत्यकाका तालहरूमा ५३ प्रजातिका जलपंछी

    पोखरा । तालैतालको शहरका रुपमा चासो र चर्चा कमाएको पोखरा उपत्यकाका रामसार सूचिमा सूचिकृत नौवटा...

    विन्ध्यवासिनी माविमा रक्तदान हुने

    शिशिर पौडेल,पोखरा। पोखराको बाटुलेचौरस्थित विन्ध्यवासिनी माविले खुला रक्तदान कार्यक्रममा गर्ने भएको छ। विद्यालयको ७८ औं...

    पर्वतका सुचना अधिकारी र पत्रकार बीच अन्तरक्रिया

    पर्वत। पर्वतका सरकारी कार्यालयका सुचना अधिकारी र पत्रकारहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला...

    पर्वतको कुश्मामा रहेको ‘द क्लिफ’मा साहसिक खेल ‘मेगाट्रोल’ को सफल परीक्षण

    पर्वत । साहसिक पर्यटनका लागि प्रमुख गन्तव्य बन्दै गएको पर्वतको कुश्मास्थित ‘द क्लिफ’मा विश्वकै लामो...

    माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप भलिबल हुने, बिजेतालाई २ लाख पुरस्कार

    निराजन अधिकारी ,हेमजा । कास्कीको माछापुच्छे गाउँपालिकाले, गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा तेस्रो संस्करणको अध्यक्ष...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं