SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/४/१२ गते
    २४४ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनबाट नागरिकका अधिकार कटौती गर्न खोजे सडक आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

    नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको जन्म शताब्दीको अवसरमा आयोजित कार्यक्रममा उनले दुई दलले संविधान संशोधन गर्छु भन्नु शंकाको विषय भएको बताए । सशस्त्र युद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धि संविधान संशोधनबाट समाप्त पार्न खोजिएको आशंका गर्दै उनले भने, ‘फेरि जरुरी पर्छ भने सडकमा पलेंटी कसेर भए पनि जनताको साथमा बसेर भए पनि त्यसो हुन दिने छैनौं ।’

    समानुपातिक पद्धतिमा थ्रेसहोल्ड बढाउने चर्चा भएको भन्दै प्रचण्डले नेपालमा दुई पार्टी पद्धति बेठीक हुने बताए । ‘थ्रेसहोल्ड बढाएर साना पार्टीलाई निस्तेज बनाउने र तथाकथित दुई पार्टी सिस्टम जो पश्चिमा देशमा चलेको छ, नेपाललाई पनि त्यता लैजान खोजिएको छ ।’

    आफू संविधान संशोधन हुनुहुन्न भन्ने पक्षमा नरहेको बरु संविधान संशोधनबाट आदिवासी जनजाति, महिला दलित आदि उत्पीडित समुदायको थप अधिकार ग्यारेन्टी गर्नुपर्ने बताए ।पूर्वप्रधानमन्त्री प्रचण्डले बिचौलियाको सेटिङ भत्काउन खोज्दा आफू सरकारबाट बाहिरिनुपरेको पनि टिप्पणी गरे ।

    ‘मैले दलाल पूँजीपतिहरुको सेटिङको अगाडि आत्मसमर्पण गर्न तयार नभएकै कारण, विभिन्न बिचौलियाको सेटिङ भत्काउन गरेको प्रयासकै परिणाम आजको राजनीतिक परिस्थिति हो’, उनले भने ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरा उपत्यकाका तालहरूमा ५३ प्रजातिका जलपंछी

    पोखरा । तालैतालको शहरका रुपमा चासो र चर्चा कमाएको पोखरा उपत्यकाका रामसार सूचिमा सूचिकृत नौवटा...

    विन्ध्यवासिनी माविमा रक्तदान हुने

    शिशिर पौडेल,पोखरा। पोखराको बाटुलेचौरस्थित विन्ध्यवासिनी माविले खुला रक्तदान कार्यक्रममा गर्ने भएको छ। विद्यालयको ७८ औं...

    पर्वतका सुचना अधिकारी र पत्रकार बीच अन्तरक्रिया

    पर्वत। पर्वतका सरकारी कार्यालयका सुचना अधिकारी र पत्रकारहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला...

    पर्वतको कुश्मामा रहेको ‘द क्लिफ’मा साहसिक खेल ‘मेगाट्रोल’ को सफल परीक्षण

    पर्वत । साहसिक पर्यटनका लागि प्रमुख गन्तव्य बन्दै गएको पर्वतको कुश्मास्थित ‘द क्लिफ’मा विश्वकै लामो...

    माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप भलिबल हुने, बिजेतालाई २ लाख पुरस्कार

    निराजन अधिकारी ,हेमजा । कास्कीको माछापुच्छे गाउँपालिकाले, गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा तेस्रो संस्करणको अध्यक्ष...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं