SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/११/१८ गते
    ५०३ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । स्वास्थ्य र पर्यटनको लागि हाइकिङ भन्ने म्ुल नाराका साथ हाइकीङ (एक दिने पदयात्रा) कार्यक्रमको नियमित आयोजना गर्दै आएको हाइकर्स क्लब नेपालको प्रारम्भिक साधारण सभा हुने भएको हो ।

    जिल्ला प्रशासन कार्यालय कास्कीमा गत असोजमा विधिवत दर्ता भइ सदस्यता वितरण गरी फागुन १९ गते शनिबार क्लबले प्रारम्भिक साधारण सभा गर्न लागेको हो ।

    हाइकिङ कार्यक्रम विगत ६ वर्ष देखि संचालन हुँदै आएको थियो । उक्त कार्यक्रममा हजारौको संख्यामा विद्यार्थी, व्यवसायी, गृहणी सहभागी हुनै आएका छन् भने ३ जिल्ला तनहुँ, स्याङ्जा र कास्कीको प्रायः ग्रामिण वस्तीहरुमा हाइकिङ कार्यक्रम सम्पन्न भइ सकेका छन् ।

    स्थानिय निकायको क्षेत्राधिकार भित्र हाइकिङका माध्यमले प्रचारप्रसार गर्दै आइरहदाँ दर्ता नभएका कै कारण सहयोग हुन नसकेको अवस्था र जनप्रतिनिधिहरु तथा पर्यटन व्यवसायीहरुको सल्लाह संस्था दर्ता गरिएको थियो ।

    सुरुवाती चरणमा प्रविण तुलाचनको नेतृत्वमा हाइकिङ कार्यक्रम निरन्तर अगाडि वढि रहेको भएता पनि संस्थागत रुपमा अगाडि वढाउने क्रममा कृष्ण रानाभाटको अध्यक्षतामा ७ सदस्यीय तदर्थ कार्य समिति वनाएर दर्ता गरिएको थियो । उक्त तदर्थ समितिको उपाध्यक्षमा ज्योति हमाल, सचिवमा मधु अधिकारी, कोषाध्यक्षमा टिका आचार्य र सदस्यहरुमा पितम सेन, तिलक थापा र सुन्दर त्रिपाठी रहेका छन् ।हाल संस्थाको आधिकारिक रुपमा साधारण सदस्यता र आजिवन सदस्यता वितरण गरिएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    संबृद्धिको दुई आश्रमलाई खाद्यान्न सहयोग

    पोखरा।संबृद्धि बचत तथा ऋण सहकारी संस्थाले दशौं स्थापना दिवशको अवसरमा आईतबार पोखरा महानगरपालिका वडा नं....

    गायक कृष्ण सुवेदीको ‘पीर परेर आएको बेलामा ‘ सार्वजनिक, चर्चा जता ततै

    पर्वत । चर्चित गायक तथा संगीतकार कृष्ण सुवेदीको नयाँ लोकदोहोरी गीत ‘पीर परेर आएको बेलामा...

    महिला लघुवित्तद्वारा कालिका माविमा वित्तीय साक्षरता

    पोखरा । पोखरा–३३, आँपुभन्ज्याङस्थित कालिका माविमा सोमवार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । महिला...

    गण्डकीका मुख्यमन्त्री र युएनडिपीका निर्देशकविच भेटवार्ता

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र युएनडिपीका एसिया तथा प्रशान्त क्षेत्रका उपक्षेत्रीय निर्देशक...

    पर्वतमा एसइईको तयारी पुरा, एक हजार आठ सय १४ विद्यार्थी सहभागी हुदै

    पर्वत । यस वर्षको एसइई परिक्षा आगामी बिहीवारदेखि संचालन हुँदै छ । पर्वतमा एसईईको सम्पुर्ण...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं