SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/८/१७ गते
    ४२३ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीले एमाले सरकारबाट बाहिरिएपछि देशको आर्थिक क्षेत्र तहसनहस भएको र देशको विकासमा ठूलो धक्का पुगेको दाबी गरेका छन् ।

    एमालेले सुरु गरेको झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा आइतबार कर्णालीको राकम कर्णालीमा आयोजित आमसभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले सो दाबी गरेका हुन् ।

    कार्यक्रममा अ‍ोलीले नेपालमा पुन राजतन्त्र फर्काउँछु भनेर भईरहेको आन्दोलन र त्यसको नेतृत्व गरिरहेकाहरुलाई देशद्रोहीको संज्ञासमेत दिए । उनले राजतन्त्रको बेमौसमी बाजा बजाउनेहरु दशद्रोही र परिवर्तन विरोधी रहेको उल्लेख गर्दै भने, ‘कोही प्रतिगमनतिर फर्किने कुरा गर्दैछ भने त्यो देशद्रोही हो, त्यो लोकतन्त्रविरोधी हो । त्यो जनतालाई सधैं गरिब राख्न खोज्ने कुरा हो । आज लोकतान्त्रिक गणतन्त्रको कसैले विरोध गर्छ भने त्यो नेपाल र नेपालीको हितविपरीत सोचिरहेको छ ।’

    उनले एमालेका बारेमा विभिन्न भ्रमहरु फैलाएको हुनसक्ने हुँदा यी कुराहरुमा होस पु¥याउन आग्रह गरे ।अध्यक्ष ओेलीले भने, ‘एमालेले सरकार छाड्नेबित्तिकै देशमा राजनीतिक अस्थिरता छायो अहिलेको गठबन्धनको सरकारले गर्दा देशमा गरिबी र महँगी बढ्नुका साथै देश विकासमा पनि ढिलाइ भयो ।’

    एमालेले बिहीबार बैतडीको झुलाघाटबाट सुरु गरेको उक्त अभियान १ पुसमा पाँचथरको फिदिममा आएर विश्राम लिनेछ । अभियानका क्रममा सानादेखि ठूलासम्म आमसभा र विधि कार्यक्रमको आयोजना गरिने एमालेले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    संबृद्धिको दुई आश्रमलाई खाद्यान्न सहयोग

    पोखरा।संबृद्धि बचत तथा ऋण सहकारी संस्थाले दशौं स्थापना दिवशको अवसरमा आईतबार पोखरा महानगरपालिका वडा नं....

    गायक कृष्ण सुवेदीको ‘पीर परेर आएको बेलामा ‘ सार्वजनिक, चर्चा जता ततै

    पर्वत । चर्चित गायक तथा संगीतकार कृष्ण सुवेदीको नयाँ लोकदोहोरी गीत ‘पीर परेर आएको बेलामा...

    महिला लघुवित्तद्वारा कालिका माविमा वित्तीय साक्षरता

    पोखरा । पोखरा–३३, आँपुभन्ज्याङस्थित कालिका माविमा सोमवार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । महिला...

    गण्डकीका मुख्यमन्त्री र युएनडिपीका निर्देशकविच भेटवार्ता

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र युएनडिपीका एसिया तथा प्रशान्त क्षेत्रका उपक्षेत्रीय निर्देशक...

    पर्वतमा एसइईको तयारी पुरा, एक हजार आठ सय १४ विद्यार्थी सहभागी हुदै

    पर्वत । यस वर्षको एसइई परिक्षा आगामी बिहीवारदेखि संचालन हुँदै छ । पर्वतमा एसईईको सम्पुर्ण...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं