SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/४/२० गते
    ३१८७९ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं,  ।

    अभद्र व्यवहार मुद्दामा थुनामा रहेका सानुभाई भनिने गुण्डा नाईके युवराज गुरुङलाई काठमाडौं जिल्ला अदालतले गत साउन १० गते धरौटीमा छोड्ने आदेश दिएको थियो । अदालतले धरौटीमा छोड्ने आदेश दिएको १० दिनसम्म पनि उनले धरौटी वापतको १० हजार रुपैयाँ तिरेका छैनन् । उनी अहिले डिल्लीबजार कारागारमा रहेका छन् ।

    धरौटी नबुझाएको उनीसँग १० हजार पैसा नभएर भने होईन । आपराधिक पृष्ठभूमि रहेका गुरुङ पटके थुनुवा हुन् । उनी यसभन्दा अघि पनि पटक–पटक पक्राउ परेका थिए । गुण्डा नाईके गुरुङले जेललाई नै सुरक्षित ठाउँको रुपमा लिएका छन् । विभिन्न अपराधमा संलग्न रहेका गुरुङलाई इन्काउन्टरमा परिन्छ भन्ने ठूलो डर रहेको उनी निकट स्रोत बताउँछ ।

    गत असार १५ गते काठमाडौंको ठमेलस्थित क्लब ओम्नियाका सञ्चालक र कर्मचारीलाई कुटपिट गरेको अभियोगमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।सानुभाइ प्रहरीको इन्काउन्टरमा मारिएका गुन्डा नाइके कुमार घैंटेका प्रमुख सहयोगीका रुपमा चिनिएका व्यक्ति हुन् ।

    सानुभाईले २०६७ सालमा नुवाकोट आप्रहका निर्माण व्यवसायी अनिल श्रेष्ठलाई हप्ता असुली नदिएको भन्दै गोली प्रहार गरेका थिए । उक्त घटनामा गोली लागेर अनिल घाईते भएका थिए । उनलाई प्रहरीले बुलेटप्रुफ ज्याकेट लगाएर हिडिरहेको अवस्थामा २०७२ पुसमा पक्राउसमेत गरेको थियो । त्यसबेला प्रहरीले उनको साथबाट एक राउन्ड गोली लोड गरिएको रिभल्वर (पेस्तोल) बरामद गरेको थियो ।

    प्रहरीस्रोतका अनुसार घैंटेको इन्काउन्टरपछि सानुभाइको समूहले इन्काउन्टरमा संलग्न प्रहरी कर्मचारीसँग बदला लिने योजना बनाएका थिए । त्यसैगरी, नुवाकोटकै होटल व्यवसायी सुरेश डंगोललाई पनि उनले गत वर्ष मार्ने योजनासहित आक्रमण गरेका थिए । त्यसबेला सुरेश र गुण्डा नाईके सानुभाईबीचको विवाद प्रहरीमा पुगेपनि राजनीतिक दवाबका कारण प्रहरीले उनलाई कारबाही नगरी छाडेको थियो ।

    उनको समूह २०७८ सालमा नुवाकोट निवासी निर्माण व्यवसायी जीतबहादुर कार्कीलाई अंगभंग हुनेगरी आक्रमणमा पनि संलग्न थियो । त्यसैगरी सानुभाईकै समूहले २०७१ सालमा डोलबहादुर घलेको आँखानै गुम्ने गरी आक्रमण गरेको थियो ।

    प्रहरी स्रोतका अनुसार युवराजविरुद्ध प्रहरीमा अहिले पनि नौ वटाभन्दा बढी केस दर्ता छ । उनी नेपाली कांग्रेसको संस्थापन नेतृत्व निकट मानिन्छन् । उनी संलग्न विभिन्न अपराधमा छिपाउन कांग्रेस संस्थापन समूहका नेताहरुकै संलग्नता रहेको पनि चर्चा चल्ने गरेको छ । https://www.reportersnepal.com/2023/08/835839 बाट साभार गरीएको हो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    संबृद्धिको दुई आश्रमलाई खाद्यान्न सहयोग

    पोखरा।संबृद्धि बचत तथा ऋण सहकारी संस्थाले दशौं स्थापना दिवशको अवसरमा आईतबार पोखरा महानगरपालिका वडा नं....

    गायक कृष्ण सुवेदीको ‘पीर परेर आएको बेलामा ‘ सार्वजनिक, चर्चा जता ततै

    पर्वत । चर्चित गायक तथा संगीतकार कृष्ण सुवेदीको नयाँ लोकदोहोरी गीत ‘पीर परेर आएको बेलामा...

    महिला लघुवित्तद्वारा कालिका माविमा वित्तीय साक्षरता

    पोखरा । पोखरा–३३, आँपुभन्ज्याङस्थित कालिका माविमा सोमवार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । महिला...

    गण्डकीका मुख्यमन्त्री र युएनडिपीका निर्देशकविच भेटवार्ता

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र युएनडिपीका एसिया तथा प्रशान्त क्षेत्रका उपक्षेत्रीय निर्देशक...

    पर्वतमा एसइईको तयारी पुरा, एक हजार आठ सय १४ विद्यार्थी सहभागी हुदै

    पर्वत । यस वर्षको एसइई परिक्षा आगामी बिहीवारदेखि संचालन हुँदै छ । पर्वतमा एसईईको सम्पुर्ण...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं