SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/१२/२८ गते
    ६८१ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौँ ।

    नेपाल समाजवादी पार्टीकी उपाध्यक्ष एवं पूर्वमन्त्री हिसिला यमीले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सरकार मिलाउन माहिर भए पनि नेतृत्व लिन भने अक्षम रहेको बताएकी छिन्।

    सोमबार काठमाडौंमा आयोजित नेपालमा शान्तिप्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताइन्। उनले शान्तिसम्झौतापछि बनेका १६ सरकारमध्ये नेकपा (माओवादी केन्द्र) १२ वटा सरकारमा सहभागी बने पनि अपेक्षाकृत रूपमा सत्ताको नेतृत्व लिन भने नसकेको बताइन्।

    नेता यमीले शान्ति सम्झौतापछि संक्रमणकालीन न्याय टुंग्याउने विषय किन प्राथमिकतामा परेन भन्दै प्रश्नसमेत गरिन्। उनले संक्रमणकालीन न्यायसम्बन्धी विषयको टुंगो लगाउन माओवादी र प्रधानमन्त्री दाहालको किन पटकपटक ध्यान नपुगेको हो ? भन्दै प्रश्न गरिन्।

    उनले भनिन्, ‘प्रचण्ड जो हुनुहुन्छ, १६ सरकारमध्ये १२ वटा सरकारको नेतृत्व उहाँले गर्नुभएको छ, आफ्नो नेतृत्वको सरकार मिलाउन त प्रचण्डै माहिर हुनुहुन्छ । तर, सत्ताको नेतृत्व गर्नमा उहाँको ध्यान पुगेकै छैन । यो १२ वर्षको अवधिमा कैयौँ माओवादी पार्टीका नेताहरू कोही मन्त्री बने, कोही संघका, कोही प्रदेशका मन्त्री बने । कोही मेयर, कोही उपमेयर बने । सबै केही न केही पदमा छौँ, हजारौँ मान्छेहरू सभासद् भए, तर यो विषयमा किन ध्यान गएन। संक्रमणकालीन न्यायसम्बन्धी विषयमा कांग्रेस, एमालेलगायतको त ध्यान गएन–गएन, तर माओवादी पार्टी प्रचण्डको ध्यान किन गएन ?’

    उपाध्यक्ष यमीले कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई ९३ दिनको विपक्षी दलको नेताको सुविधा दिन सरकार तयार भएको, तर सत्य निरुपण तथा मेलमिलाप आयोगमा रहेका पुराना कर्मचारीलाई निरन्तरता दिन सरकारसँग पैसा नभएको हो भन्दै प्रश्न गरिन्।

    प्रतिकृया दिनुहोस्

    Loading...

    होली माउण्टले विविध कार्यक्रम गरी रजत जयन्ती मनाउदै

    पोखरा। पोखरा– २९ भण्डारीढिकमा रहेको होली माउण्ट अंग्रेजी माविले रजत जयन्ती मनाउने भएको छ ।...

    लेखनाथ महोत्सवमा वृहत झाँकी ¥याली प्रर्दशन गरिने

    लेखनाथ। लेखनाथ उद्योग वाणिज्य संघले पुष १८ गते देखि माघ १ गते सम्मगर्न लागेको २०...

    छोरेपाटन माविका २२ सय विद्यार्थीहरुको आँखा परिक्षण

    पोखरा । छोरेपाटन मावि भूपू विद्यार्थी मञ्चको आयोजना र हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा पोखरा...

    सहकार्य गर्न यादवको संयोजकत्वमा मिश्र तथा हुसेन सम्मिलित वार्ता टोली गठन

    अजय मिश्र,काठमाडौं। जनता प्रगतिशील पार्टी नेपालले आज एक प्रेस विज्ञप्ति निकालि अन्य पार्टी संग सहकार्य...

    मिजौराम गोर्खा युवा संघ को ४७ औ अधिवेशन सम्पन्न

    रामप्रसाद घर्मेली । पूर्वोत्तर भारतको मिजौराम राज्यमा रहेका गोर्खालीहरुको छाता संगठन मिजौराम गोर्खा युवा संघको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं