SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/१२/२४ गते
    ४७६० &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं,  । ब्रोइलर कुखुरा मासुको मूल्य घटेको छ । भारतबाट अवैध रूपमा तयारी मासु र जिउँदो ब्रोइलर कुखुरा भित्रिन थालेपछि नेपालमा मासुको मूल्य घटेको पोल्ट्री व्यवसायीले बताएका छन् ।

    मासु व्यवसायी संघले दिएको जानकारीअनुसार गत माघ दोस्रो सातातिर प्रतिकिलो ३ सय ३० रुपैयाँ रहेको कुखुरा मासुको मूल्य त्यसपछि बढेर ४ सय रुपैयाँसम्म पुगेको थियो । मंगलवारदेखि लागू हुने गरी मासुको मूल्य प्रतिकिलो १० रुपैयाँ घटाएर ३ सय ९० कायम गरिएको छ ।

    नेपालको एकमात्र आत्मनिर्भर उद्योगका रूपमा रहेको पोल्ट्रीले कोरोना महामारीपछि विभिन्न उतारचढाव झेल्दै आएको छ । १ सय ६० अर्ब लगानी रहेको उद्योग धराशयी हुने खतरा बढ्दै गएको सरोकारवाला बताउँछन् ।

    सामान्य अवस्थामा देशभर हरेक दिन ८ लाख किलो कुखुराको मासु खपत हुने गर्छ । यसमध्ये काठमाडौं उपत्यकामा मात्रै दैनिक ५ लाख किलो मासु खपत हुन्छ । अहिले समग्र खपत ३० प्रतिशतसम्मले घटेको बिसीको दाबी छ । आर्थिक अभियान दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    Loading...

    हेमजाको तिब्रकोट वन लाटोकोसेरो संरक्षण विशेष क्षेत्र घोषणा

    प्रकाशचन्द्र सापाकोटा, पोखरा। हेमजामा रहेको तिब्रेकोट साामुदायिक वनलाई लाटोकोसेरो संरक्षण विशेष क्षेत्र घोषणा गरिएको छ...

    लेखनाथ महोत्सवमा शनिबार दर्शकको भिड, १ करोडको कारोबार

    लेखनाथ । ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने नाराका साथ सुरु भएको...

    पोखरामा कक्षा ८ को परीक्षालाई व्यवस्थित गर्न परीक्षा केन्द्रहरू तोकिने, होम सेन्टरको प्रावधान हटाइयो

    पोखरा । पोखरा महानगर भित्र सञ्चालन हुने कक्षा ८ को परीक्षालाई थप व्यवस्थित गरिने भएको...

    पोखरा १५ मा बृहत् खेलकुद महोत्सवको तयारी तीव्र, ‘राईट फर चिल्ड्रेन’ को संस्थागत सहयोग

    पोखरा । पोखरा वडा नं. १५ कार्यालयले आगामी माघ २ गतेदेखि आयोजना गर्ने बृहत खेलकुद...

    रामचरण स्टारर ‘गेम चेन्जर’ ट्रेलर : भ्रष्ट मुख्यमन्त्रीविरुद्ध नायक प्रतिरोधको कथा

    काठमाडौं । राम चरण र कियारा आडवाणी अभिनित तेलुगु फिल्म ‘गेम चेन्जर’को ट्रेलर सार्वजनिक भएको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं