काठमाडौं ।
घनश्याम भूसाल निकट रुपन्देहीका ३७ जना नेताले नेकपा एमाले छाडेका छन् । बुधबार विज्ञप्ति निकालेर उनीहरुले एमालेबाट राजीनामा दिएको जानकारी गराएका हुन् ।
एमाले छाड्नेहरुमा लुम्बिनी प्रदेश कमिटी सदस्यद्धय सरोजकुमार यादव र शैलेन्द्र उपाध्याय, रोहिणी गाउँपालिका सचिव इन्द्रजीत कुमार रायलगायत छन् ।