SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/११/९ गते
    ६१२ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौ । बालुवाटारमा भएको सत्ता गठबन्धनको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग एमसीसी संसदमा पेश गर्ने कुरामा प्रधानमन्त्री शेरवहादुर देउवासंग सहमति जनाए । कुनै पनि हालतमा देउवा पछि नहट्ने भएपछि प्रचण्ड एमसीसी टेबल गर्न राजि भएका हुन् । तर उनले पार्टी भित्रकै दवाव थेग्न सकेनन् ।

    तत्कालिन नेकपा हुँदै माओवादीले एमसीसीलाई लिएर विवाद सिर्जना गरेको थियो । नेकपाको सरकार छंदै सरकारले एमसीसी भित्र्याउने निर्णय गरेको थियो । तर तत्कालिन नेकपाभित्र एमसीसीको पक्ष र विपक्षमा नेताहरु विभाजित भए । २८ मंसिर २०७६ बाट सुरु भएको तत्कालिन नेकपाको स्थायी कमिटी बैठकको एजेण्डा नै एमसीसी बन्यो ।

    त्यो बैठकबाट भीम रावल, देव गुरुङ, जनार्दन शर्मा लगायतका नेताले एमसीसी सम्झौता अनुमोदन गरिए नेपालमा अमेरिकी सेना आउने भनेर विरोध गरे । सोही कुरा सर्वसाधारणलाई पनि पढाउन थाले । अहिले एमसीसीका बारेमा माओवादी केन्द्र र अन्य सर्वसाधारणलाई त्यस्तै बुझाइ छ । त्यसैले अहिले एमसीसीको तिब्र विरोध भइरहेको छ ।

    २८ मंसिर २०७६ बाट सुरु भएको तत्कालिन नेकपाको स्थायी कमिटी बैठकमा २ पौष २०७६ मा जनार्दन शर्माले लिखित धारणा राख्दै एमसीसी सैन्य गठबन्धन अन्तर्गत छैन भन्ने पुष्टि गर्नुपर्ने धारणा राखेका थिए । तर अहिले देउवा सरकारमा उनै जनार्दन शर्मा अर्थमन्त्री छन् । सरकारले नै एमसीसी संसदमा टेवल गर्नुपर्ने भएपछि जनार्दन शर्मा नैतिक अप्ठेरोमा परे ।

    त्यती मात्र होइन आफैँले विरोध गरेको एमसीसी संसदमा टेबल गर्नुपर्ने भूमीका पनि उनकै टाउकोमा आइपर्यो । त्यसवाट जोगिन उनी आइतवार नक्कली बिरामी बने । आइतवार संसदमा एमसीसी टेबल गर्नुपर्ने बेलामा अन्तिममा आएर उनी ‘नक्कली’ बिरामी बनेर संसद बैठकमै आएनन् । आफ्नो जिम्मेवारीबाट भागेर अर्थमन्त्री नक्कली बिरामी बनेर बसेपछि भदौ २०७४ सालमा एमसीसी सम्झौतामा नेपालको तर्फबाट हस्ताक्षर गरेका तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सञ्चार मन्त्रीका हैसियतमा अर्थमन्त्री शर्माको तर्फबाट एमसीसी संसदमा प्रस्तुत गरे ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    संबृद्धिको दुई आश्रमलाई खाद्यान्न सहयोग

    पोखरा।संबृद्धि बचत तथा ऋण सहकारी संस्थाले दशौं स्थापना दिवशको अवसरमा आईतबार पोखरा महानगरपालिका वडा नं....

    गायक कृष्ण सुवेदीको ‘पीर परेर आएको बेलामा ‘ सार्वजनिक, चर्चा जता ततै

    पर्वत । चर्चित गायक तथा संगीतकार कृष्ण सुवेदीको नयाँ लोकदोहोरी गीत ‘पीर परेर आएको बेलामा...

    महिला लघुवित्तद्वारा कालिका माविमा वित्तीय साक्षरता

    पोखरा । पोखरा–३३, आँपुभन्ज्याङस्थित कालिका माविमा सोमवार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । महिला...

    गण्डकीका मुख्यमन्त्री र युएनडिपीका निर्देशकविच भेटवार्ता

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र युएनडिपीका एसिया तथा प्रशान्त क्षेत्रका उपक्षेत्रीय निर्देशक...

    पर्वतमा एसइईको तयारी पुरा, एक हजार आठ सय १४ विद्यार्थी सहभागी हुदै

    पर्वत । यस वर्षको एसइई परिक्षा आगामी बिहीवारदेखि संचालन हुँदै छ । पर्वतमा एसईईको सम्पुर्ण...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं