रुकुम । माओवादी केन्द्रको आधार ईलाका मानिने रुकुम पश्चिममा एमालेका २१ बर्षे युवा प्रकाश केसी जिल्ला कमिटी सदस्यमा निर्वाचित भएका छन् ।
उनी यहि पौष २३ गते नेकपा एमालेको आठौं जिल्ला अधिबेशनबाट निर्वाचित भएका हुन । उनी निर्वाचित भएका सबै जिल्ला सदस्यहरु भन्दा कान्छो हुन ।
अनेरास्ववियूको राजनैतिक बिचारबाट प्रभावित भएका प्रकास बिद्यार्थी आन्दोलनको साथमा नेकपा एमालेको जिल्ला सदस्यमा निर्वाचित भएका हुन । उनी बाफिकोट गाउपालिका वाड नम्बर ८ दुलि निवासी हुन ।
नेकपा एमालेको जिल्ला सदस्यमा निर्वाचित भएपछि प्रकास केसी भन्छन नेपालमा जनताको बदुदलिय जनवाद र नेतामा केपी ओलीको बिकल्प अब छैन केसी भन्छन माओवादीको अत्याचार र रुकुममा भएको हरेक खालको अतिवादको अन्त्यको लागि आफु जनताको बिचमा गएर काम गर्ने बताएका छन् ।