SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/९/२७ गते
    १३२४ &#२३४६;&#२३३५;&#२३२५;

    रविप्रकाश कसौधन कृष्णनगर, कपिलवस्तु ।
    कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको कृष्णनगर बजारको मुटु भनेर चिनिने गोलघरमा एक कार्यक्रमका बिच नेपालको एकीकरण कर्ता पृथ्वीनारायण शाहको ३०० औं जन्मजयन्तीका अवसरमा पृथ्वीजयन्ती तथा एकता दिवस आज कार्यक्रम आयोजना गरी मनाइएको छ।

    आयोजक राष्ट्रीय प्रजातंत्र पार्टी कृष्णनगर नगर कमिटी रहेको छ । कार्यक्रम राष्ट्रीय प्रजातंत्र पार्टीका कृष्णनगर नगर कमिटी अध्यक्ष जय प्रकाश गुप्ता तथा प्रमुख अतिथि मा राप्रपा का पूर्व केन्द्रीय सदस्य पुष्पा रजौरिया, विशिष्ट अतिथिमा पूर्व मंत्री इश्वर दयाल मिश्र,अतिथिमा राप्रपाका पूर्व केन्द्रीय सदस्य श्याम कुमार मिश्र, राप्रपा लुम्बिनी प्रदेश सदस्य दिपक रजौरिया, हिन्दू युवा शक्ति कृष्णनगर अध्यक्ष विकास चतुर्वेदी, शिवसेना नेपाल कपिलवस्तु जिल्ला अध्यक्ष भिष्मराज ढुङगाना, लगायत अन्य अतिथि हरू रहेका थिए l

    जस्मा वक्ता हरुले राष्ट्रीय एकताको अवसरमा सार्वजनिक बिदा हुनु पर्ने कुरामा जोड दिएका छन्। साथै पृथ्वी नरायण शाहको नेपाल एकिकरणमा रहेको योगदान विर्सन नसकिने कुरा स्मरण गराउदै सम्पूर्ण नेपालीहरू राष्ट्र समृद्ध बनाउन लाग्नु पर्ने कुरामा जोड दिए। राप्रपा कृष्णनगर पार्टी कर्यालय बाट बाजागाजा का साथ हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ, हिन्दू राष्ट्र कायम गर, संघियता खारेज गर जस्ता नारा लगाउदै लिंक गेट हुदै बजार परिक्रमा गरि गोलघरमा सभा भएको थियोl

    कृष्णनगर कार्यपालिका सदस्य सुनिल कुमार मोदनवाल लगायत कार्यक्रममा विभिन्न पर्टी परित्याग गरि सयौं जना राप्रपामा प्रवेश गरेका छन् l

    उक्त कार्यक्रममा राष्ट्रीय प्रजातंत्र पार्टीका समर्थक नेता तथा कार्यकर्ता, शिवसेना, समाजसेवी, पत्रकार, सुरक्षाकर्मी लगायत अन्य सर्वसाधारणको उपस्थित थियो। कार्यक्रममा उद्घोषकको भुमिका भने राष्ट्रीय प्रजातंत्र पार्टी जिल्ला सचिव प्रेम शंकर शुक्लले गर्नुभयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    नवौं पोखरा स्पोर्टस् अवार्डको तयारी सुरु, १२ विभिन्न उपसमिति गठन

    पोखरा । नवौं संस्करणको ‘पोखरा स्पोर्टस्’अवार्ड २०८१’ को तयारीमा तीव्रता दिइएको छ । आगामी बैशाख...

    गण्डकीका मन्त्री थापाद्वारा एसईई परीक्षा केन्द्रहरूको अनुगमन

    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले आजदेखि सुरु भएको...

    छोरेपाटनको दुर्गा मन्दिरमा कोटी दिप प्रज्ज्वलन

    पोखरा । कास्की जिल्लाको पोखरा–१७, छोरेपाटनमा अवस्थित दुर्गा मन्दिर व्यवस्थापन समितिको आव्हानमा यही चैत्र २३...

    संबृद्धिको दुई आश्रमलाई खाद्यान्न सहयोग

    पोखरा।संबृद्धि बचत तथा ऋण सहकारी संस्थाले दशौं स्थापना दिवशको अवसरमा आईतबार पोखरा महानगरपालिका वडा नं....

    गायक कृष्ण सुवेदीको ‘पीर परेर आएको बेलामा ‘ सार्वजनिक, चर्चा जता ततै

    पर्वत । चर्चित गायक तथा संगीतकार कृष्ण सुवेदीको नयाँ लोकदोहोरी गीत ‘पीर परेर आएको बेलामा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं