SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/९/१९ गते
    ५८० &#२३४६;&#२३३५;&#२३२५;

    बुटवल । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब आउने चुनावमा मतदाताले नेकपा एमालेलाई दण्ड दिनुपर्ने बताएका छन् ।

    गत निर्वाचनमा नेकपाले झण्डै दुई तिहाई बहुमत पाएपनि पूरा कार्यकाल सरकार चलाउन असफल भई देशलाई अस्थिरतामा धकेलेकाले अबको चुनावमा एमालेलाई दण्ड दिनुपर्ने थापाको तर्क छ ।

    अर्घाखाँचीको पाणिनी गाउँपालिकामा आयोजित पार्टी कार्यक्रममा थापाले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अहंकार र अयोग्यताले देशले दुःख पाएको बताए ।

    ‘२०७४ मा माओवादीले बहुमत ल्याएपनि संविधान बनाउन सकेन, २०७४ मा एमाले र माओवादी मिलेर प्रचण्ड बहुमत ल्याएपनि देश चलाउन सकेनन्’–थापाले भने–‘ओलीको अहंकार र अयोग्यताले देशले दुख पाएको छ, सरकार पूरा कार्यकाल चल्न सकेन, त्यसैले अबको चुनावमा दण्ड पाउने पालो एमालेको हो ।’

    अब नेपाली कांग्रेसले आफूहरुले २०४८ सालमा बहुमत पाउँदा गरेको गल्ती र २०७४ सालमा नेकपाले बहुमत पाएर गरेको गल्तीबाट पाठ सिक्दै अघि बढ्ने उनको भनाइ छ ।

    आउँदो तीनै तहको चुनाव जितेर कांग्रेसले पाँच वर्ष पूरै सरकार चलाएर बहुमतको प्रयोग कसरी गर्ने भन्ने र काम गर्ने तरिका सिकाउने बताए । कम्युनिष्टहरुले विविधतायुक्त नेपाली समाजको गलत विश्लेषण र प्रोपोगाण्डा गरेर कहिले जात, कहिले धर्म र कहिले राष्ट्रियताको नाममा देश विकासको गति अवरुद्ध गरेको महामन्त्री थापाले आरोप लगाए ।

    उनले पार्टीमा अबदेखि गुटबन्दी र भागबण्डा हुन नदिने बताउंदै आउँदो चुनाव जितेर ५ वर्ष सरकार चलाउने गरी चुनावको तयारीमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए । आगामी निर्वाचनसम्म १५ लाख जनालाई कांग्रेस प्रवेश गराउने लक्ष्य रहेको बताउंदै उनले पार्टी प्रवेशलाई अभियानकै रुपमा अघि बढाउने बताए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    फलेवासमा वातावरण प्रदुषण न्यूनीकरण सम्बन्धि सचेतनामुलक कार्यक्रम संचालन

    पर्वत। वातावरण प्रदुषण न्यूनीकरणका लागि किशोरीहरुले सचेतनामुलक कार्यक्रम संचालन गरि नागरिकलाई सचेत गराएका छन् ।...

    स्ववियु निर्वाचनमा दलका नेताहरूको चहलपहल :धवलागिरी क्याम्पस

    बागलुङ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) विद्यार्थीहरूका लागि गठन भएको साझा संस्था हो। यस संस्थाले...

    शैक्षिक उन्नयनमा निवृत्त शिक्षकको अनुभव सदुपयोग गर्न जरूरी: प्रदेश प्रमुख भट्ट

    पोखरा। गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपालको शैक्षिक उन्नयनमा सेवा निवृत्त शिक्षकको अनुभव सदुपयोग गर्न...

    चलचित्र ‘कर्मा’को टिजर सार्वजनिक

    काठमाडौं । चलचित्र ‘कर्मा’को टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच टिजर...

    वर पिपल चौतारी संरक्षण गर्दै लामाचौरका आचार्य परिवार

    शिशिर,पोखरा। पोखरामा रहेका प्राचीन चौतारा र वर पिपल मासिंदै गईरहेको बेला पोखराका बावुरामआचार्यको परिवार भने...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं