SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/७/२८ गते
    १०३० &#२३४६;&#२३३५;&#२३२५;

    नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठकमा विभिन्न दल र शक्तिहरूसँग भएको वार्ताबारेको रिपोर्ट प्रस्तुत भएको छ । शुक्रबार बसेको एकीकृत समाजवादीको सो बैठकमा महासचिव डा वेदुराम भुषालले रिपोर्ट प्रस्तुत गरेको र रिपोर्ट बारेको प्रस्ताव केन्द्रीय कमिटीको बैठकमा लैजाने निर्णय भएको छ ।

    यस्तै बैठकले कुनैपनि पार्टीको शक्ति, क्षमता र जनाधार, राजनीतिक दृष्टिकोण र महत्वका आधारमा सबैसँग वार्ता गर्ने निर्णय भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

    बैठकमा बोल्दै पार्टी अध्यक्ष माधव कुमार नेपालले नेपाली राजनीतिमा नेकपा (एकीकृत समाजवादी)को महत्व दिनानुदिन बढीरहेको भन्दै पार्टी प्रवेशको लागि आकर्षण बढीरहेको धारणा राखेका थिए ।

    उनले छाडेर आफ्नोमा संगठित हुन विभिन्न जिल्लाका नेताहरुसँग छलफल भइरहेको पनि बैठकलाई जानकारी गराएका थिए ।

    उनले एमाले अध्यक्ष केपी ओलीले षडयन्त्रमूलक तरिकाले झुट र भ्रम फैलाइरहेका भन्दै त्यसविरुद्ध लाग्न नेता कार्यकर्तालाई निर्देशन दिएका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    गण्डकी प्रदेश टेबुलटेनिस संघको अध्यक्षमा जोशी

    पोखरा । गण्डकी प्रदेश टेबुलटेनिस संघको हालै सम्पन्न प्रथम अधिवेशन उत्तम जोशीको अध्यक्षतामा ११ सदस्यीय...

    गुप्तेश्वर र शिवालय क्याम्पस मर्ज,अब कुश्मा बहुमुखी क्याम्पसको नाममा सञ्चालन हुने

    पर्वत । सदरमुकाम कुश्मा बजारमा सञ्चालीत दुई वटा बहुमुखी क्याम्पसहरु एकिकरण (मर्ज) भएका छन् ।...

    आजदेखि पोखरामा दाइँ महोत्सव

    कास्की । पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा...

    संरक्षण आमा समूहद्वारा आमाहरु सम्मानित

    शिशिर ,पोखरा । पोखराको बाटुलेचौरस्थित संरक्षण आमा समूहले, समूहको विकास र उन्नयनमा भुमिका खेल्ने आमाहरूलाई...

    कास्की जिल्ला अदालतको जीबी राईको राहदानी रद्द गर्न आदेश

    पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुख्य अभियुक्त भनिएका गितेन्द्रबाबु (जीबी) राईको राहदानी रद्द...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं