SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/७/२७ गते
    १७५० &#२३४६;&#२३३५;&#२३२५;

    सङ्घीय राजधानी काठमाण्डु प्रवेश गर्ने मुख्य मार्गका रूपमा रहेकोे मुग्लिन–नागढुङ्गा सडक विस्तारका लागि कम्पनी छनोट प्रक्रिया अगाडि बढाइएको छ ।

    तीन खण्डमा विभाजन गरी विस्तार गर्न लागिएको सो राजमार्गको पहिलो र दोस्रो खण्डको विस्तारका लागि सन् २०२२ को जनबरीसम्म कम्पनी छनोट गरी विस्तार कार्य सुरु गरिसक्ने सडक विभागका उपमहानिर्देशक तथा नागढुङ्गा–मुग्लिन राजमार्ग खण्ड विस्तार परियोजनाका प्रमुख रामहरि पोखरेलले जानकारी दिए ।

    रणनीतिक सडक पहुँच तथा व्यापारिक सुधार आयोजनाअन्तर्गत स्तरोन्नति गर्न लागिएको हो । विस्तारका लागि राजमार्गको नागढुङ्गादेखि नौबिसेसम्म पहिलो खण्ड ९१२ किलोमिटर०, नौबिसेदेखि मलेखुसम्म दोस्रो खण्ड ९४३ किलोमिटर० र मलेखुदेखि मुग्लिनसम्मलाई तेस्रो खण्ड ९४० किलोमिटर०का रूपमा छुट्याइएको छ ।

    तीनवटै खण्डको कुल लम्बाइ ९५ किलोमिटर छ । विस्तारका लागि यस राजमार्ग खण्डको विस्तृत परियोजना प्रतिवेदन डीपीआर र वातावरणीय प्रभाव मूल्याङ्कन ९ईआईए० सम्पन्न भई स्वीकृतसमेत भइसकेका छन् ।

    उनले सो राजमार्ग विस्तारका लागि बोलपत्र आह्वान गरिएकोमा आवेदन दिएका कम्पनीहरूको प्रिक्वालिफिकेसन छनोट प्रक्रियासमेत पूरा भइसकेको जानकारी दिए। कम्पनीहरूले प्राविधिक प्रस्तावसहित आवेदन दिएका थिए । गोरखापत्रबाट

    प्रतिकृया दिनुहोस्

    Loading...

    राहत शिक्षक सरकारसँगको सहमतिमा असहमत, हस्ताक्षर नगरी बाहिरिए

    काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन् ।राहत शिक्षक...

    आन्दोलनरत शिक्षक र सरकार बीच वार्ता सुरु

    काठमाडौं । सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच वार्ता सुरु भएको छ । वार्ता...

    बाल सुधार गृह बाँके बाट भागेका ९ जना अझै सम्पर्क विहीन

    बाँके । बाँकेको डडुवा गाउँपालिका-६ मा रहेको जयेन्दु बालसुधार गृहमा भएको झडपपछि भागेका कैदीबन्दीमध्ये ९...

    शिक्षकका जायज मागहरु सम्बोधन हुने गरी वार्ता आजै टुङ्गोमा पुर्‍याउन कावा प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं