SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/७/४ गते
    ६२९ &#२३४६;&#२३३५;&#२३२५;

    रवि प्रकाश कसौधन, कृष्णनगर, |

    कपिलवस्तु जिल्लाको कृष्णनगर बजारको मुटु भनेर चिनिने गोलघर चोकमा बङग्लादेशमा भएको हिन्दू धर्मावलंबी माथी दमन र मठ मंदिर तोड फोड भएको बिरोधमा हिन्दू युवा शक्ति कृष्णनगर नगर कमिटी द्वारा आज गोलघर चोकमा व्यापक बिरोध प्रदर्शन गर्नुका साथै वांग्लादेश कि प्रधानमंत्रीको पुत्ला समेत दहन गरिएको छ l

    वांग्लादेशमा हिन्दू अल्पसंख्यक माथी गरिएको दमनको बिरोधमा प्रदर्शनकारी हरू विरोधका पोष्टरहरू हातमा बोकी मोमबत्ती बाली बिरोध प्रदर्शन गरेका थिए l

    हिन्दू युवा शक्ति कृष्णनगर नगर कमिटी अध्यक्ष विकास कुमार चतुर्वेदी ले प्रत्येक धर्मावलंबी हरू आ आफ्नो धर्मको संरक्षण संबर्धन गर्ने अधिकार रहेको, हिन्दू धर्मावलंबी माथी पटक पटक विभिन्न देशमा गरिएको दमन निन्दनीय रहेको बताउदै हिन्दू धर्मावलंबी माथी हुने दमन कदापि सहन नसक्ने बताए l प्रदर्शनकारी हरू हिंदू धर्म माथी भएको दमनको बिरोधमा चर्को नाराबाजीका साथ बिरोध प्रदर्शन गरेका थिए l

    राष्ट्रीय प्रजातंत्र पार्टी कपिलवस्तु सचिव प्रेम शंकर शुक्ल, हिंदू युवा शक्ति कपिलवस्तु जिल्ला सदस्य अस्तिक पाण्डेय, हिन्दू युवा शक्ति कृष्णनगर नगर कमिटी सचिव हिमांशु श्रीवास्तव, शिवसेना नेपाल लगायत स्थानीय हरूको सहभागिता रहेको थियोl

    प्रतिकृया दिनुहोस्

    Loading...

    २४ हजार लिटर पानी हेलिकोप्टरबाट खन्याइयो,अझै निभेन महाभारतको आगो

    काभ्रे । काभ्रेपलाञ्चोकको खानीखोला र बेथानचोक गाउँपालिकाको सिमानामा पर्ने थामलेकको महाभारत जंगलमा लागेको आगो निभाउन...

    पर्वत केन्द्रविन्दु भएर ३.८ म्याग्निच्यूडको भूकम्प

    पर्वत केन्द्रविन्दु भएर भूकम्प गएको छ।  आज बेलुका ७ बजेर ८ मिनेटमा पर्वतको मोदी गाउँपालिकाको...

    ‘कोशेढुंगा’को कलाकार लाइनअप घोषणा

    काठमाडौं । हिस्टोरिकल ब्लकबस्टर चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक सरोज पौडेलले ‘कोशेढुंगा’ निर्माणको घोषणा...

    ‘लाज शरणम्’

    काठमाडौं । बहुप्रतीक्षित नेपाली चलचित्र ‘लाज शरणम्’को नयाँ पोस्टर सार्वजनिक भएको छ। यस पोस्टरले चलचित्रका...

    ‘एक्टर: टेक वन’ ट्रेलरको कीर्तिमान: ओभरसिजमा बढ्यो माग, नेपालसँगै यी देशमा रिलिज हुने

    काठमाडौं । माघ १६ गते रिलिज हुने प्रतीक्षित नेपाली चलचित्र ‘एक्टर: टेक वन’ अब नेपालसँगै...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं