SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/६/३१ गते
    ६३२ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । दशैंको विदामा बन्द भएका सरकारी कार्यालयहरु आजबाट खुलेका छन् । दशैं विदा सकिएसँगै विभिन्न जिल्लाहरुमा चहलपहल बढेको छ ।

    दशैं मनाउन गाउँघर गएकाहरु काठमाडौं उपत्यका भित्रिने क्रम जारी छ । काठमाडौंका कलंकी, बल्खु, कोटेश्वर, बालाजु लगायतका नाकाहरुमा दशै मनाएर राजधानी फर्कनेहरुको भिड बढेको देखिन्छ । मानिसहरूको भिडभाडले काठमाडौं पुरानै लयमा फर्किन थालेको आभास मिल्छ ।

    काठमाडौं उपत्यकामा आइतबारबाटै चहलपहल बढेको देखिएको थियो । सडकहरुमा गाडीको संख्या पनि बाक्लिंदै गएको थियो । सवारी साधनको चहलपहल बढे पनि सडकमा जाम हुने गरी चाप भने अझै नभइसकेको ट्राफिक प्रहरीले जनाएको छ ।

    यद्यपि आज टीकाको तेस्रो दिन पनि मान्यजन तथा आफन्तबाट टीका थाप्ने र आशिर्वाद लिने क्रम चलिरहेको छ । टीकाको दिन आफन्त तथा मान्यजनबाट टीका लगाउन नभ्याएकाहरुले कोजाग्रत पूर्णिमाका दिनसम्म टीका थाप्ने प्रचलन छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरा महानगरपालिकाको १६ औँ नगर सभा सम्पन्न

    पोखरा ।पोखरा महानगरपालिकाको १६ औँ नगर सभा सम्पन्न भएको छ । पौष २८ गतेदेखि शुभारम्भ...

    २४ हजार लिटर पानी हेलिकोप्टरबाट खन्याइयो,अझै निभेन महाभारतको आगो

    काभ्रे । काभ्रेपलाञ्चोकको खानीखोला र बेथानचोक गाउँपालिकाको सिमानामा पर्ने थामलेकको महाभारत जंगलमा लागेको आगो निभाउन...

    पर्वत केन्द्रविन्दु भएर ३.८ म्याग्निच्यूडको भूकम्प

    पर्वत केन्द्रविन्दु भएर भूकम्प गएको छ।  आज बेलुका ७ बजेर ८ मिनेटमा पर्वतको मोदी गाउँपालिकाको...

    ‘कोशेढुंगा’को कलाकार लाइनअप घोषणा

    काठमाडौं । हिस्टोरिकल ब्लकबस्टर चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक सरोज पौडेलले ‘कोशेढुंगा’ निर्माणको घोषणा...

    ‘लाज शरणम्’

    काठमाडौं । बहुप्रतीक्षित नेपाली चलचित्र ‘लाज शरणम्’को नयाँ पोस्टर सार्वजनिक भएको छ। यस पोस्टरले चलचित्रका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं