SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/६/३० गते
    ४८८ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौँ । पोखराबाट अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुक जाँदै गरेको जीप दुर्घटनामा ज्यान गुमाएका बिद्यार्थीहरु काठमाडौंबाट घुम्नका लागि गएका थिए । जसमिध्ये थिए २४ वर्षीया सुजा चौधरी र २० वर्षीया लिजा पनि । बिएससी नर्सिङ चौथो वर्षमा अध्यनरत सुजा र लिजा कान्तिपुर डेन्टल कलेजमा बिडिएस पढ्दै थिइन्।

    घान्द्रुक दुर्घटनामा उनीहरू दिदीबहिनी नै परे। आमा पार्वती र बुबा बाबुरामका सन्तान यी दुई छोरी मात्र हुन्। दुर्घटना भएको खबर पाउनासाथ उनीहरू हेलिकप्टर चार्टर गरेर पोखरा झरे। दुर्घटनामा दुवै छोरी गुमाएको आमा पार्वतीलाई थाहा थिएन। छोरी दुर्घटनामा परेको खबरले मात्रै पनि उनी आत्तिएकी थिइन्। अस्पतालको आकस्मिक कक्षअगाडि असह्य पीडा पोखिरहेकी थिइन्। मृतकहरू काठमाडौंको गोंगबुबाट घुम्न गएकाहरू परे ।

    घान्द्रुक जाँदै गरेको ग १ ज ६९०० नम्बरको बोलेरो जीप दुर्घटना हुँदा चालकसहित आठ जनाको घटनास्थलमै मृत्यु भयो । गाडी दुर्घटना भएको थाहा पाए लगत्तै क्यान्स रोगी आमा पार्वती र बुबा बाबुरामका काठमाडौँबाट हेलिकप्टर चार्टर गरेर पोखरा झरे।

    दुर्घटनामा दुवै छोरी गुमाएको आमा पार्वतीलाई थाहा थिएन। छोरी दुर्घटनामा परेको खबरले मात्रै पनि उनी आत्तिएकी थिइन्। अस्पतालको आकस्मिक कक्षअगाडि असह्य पीडा पोखिरहेकी थिइन्। उनले रुँर्दै कराउँदै भनिन् ुजन्माउँदा मेरो कोख दुखेन, हाँसीहाँसी दुवै छोरी जन्माएकी थिएँ, पार्वती एक्लै बर्बराउँदै थिइन्, ुआज मेरो शरीर भतभती पोलेको छ।

    मेरी डाक्टर छोरी, आऊ छोरी म तिम्रो हात चुम्छु। उक्त दुर्घटनामा २४ वर्षीया सुजा चौधरी र २० वर्षीया लिजा सहित जीपमा सवार काठमाडौँ महानगरपालिका–३ गोंगबु बस्ने १८ वर्षीय जिनलव घिसिङ, २० वर्षीय सुमन चौधरी, २२ वर्षीय अछुतम काफ्ले, १८ वर्षीय आशिष आले र २७ वर्षीय विनय क्षेत्री परे ।

    घटनामा २० वर्षीया देविका घिसिङको बायाँ हात र नाकमा समान्य चोट लागेको छ। उनको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उनी भिरमा अड्किएको अवस्थामा फेला परेपछि प्रहरी र स्थानीयबासीले उद्दार गरेका थिए। बिद्यार्थी सवार यो दुर्घटनाले दशैँको मुखमा परिवार र आफन्तलाई मात्रै नभएर धेरैलाई चोट पुगेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    राहत शिक्षक सरकारसँगको सहमतिमा असहमत, हस्ताक्षर नगरी बाहिरिए

    काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन् ।राहत शिक्षक...

    आन्दोलनरत शिक्षक र सरकार बीच वार्ता सुरु

    काठमाडौं । सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच वार्ता सुरु भएको छ । वार्ता...

    बाल सुधार गृह बाँके बाट भागेका ९ जना अझै सम्पर्क विहीन

    बाँके । बाँकेको डडुवा गाउँपालिका-६ मा रहेको जयेन्दु बालसुधार गृहमा भएको झडपपछि भागेका कैदीबन्दीमध्ये ९...

    शिक्षकका जायज मागहरु सम्बोधन हुने गरी वार्ता आजै टुङ्गोमा पुर्‍याउन कावा प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं