SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/६/३० गते
    ६६६ &#२३४६;&#२३३५;&#२३२५;

    धनगढी । दशैँको टीका लगाउन आफन्तकोमा गएका बेला प्रधानमन्त्री शेरबहादुर देउवाका भाइ भरतबहादुर देउवाको घरमा चोरी भएको छ ।

    धनगढी उपमहानगरपालिका-२ सन्तोशी टोलका स्थानीय भरतबहादुर देउवाको घरमा शुक्रबार दिउँसो दशैँको टीका लगाउन आफन्तकोमा गएका बेला सुनका गरगहना र नगद चोरी भएको हो ।

    प्रधानमन्त्री शेरबहादुर देउवाका सहोदर भाइ समेत रहेका भरतबहादुरले सन्तोशी टोलमै रहेको आफन्तको घरमा टीका लगाउन गएको समयमा चोरी भएको बताए । उनले चार हजार नगदसहित करीब तीन तोला सुन र तीन तोला चाँदी चोरी भएको बताउँदै घरमा रहेको अन्य सामान भने सुरक्षित रहेको बताए ।

    ‘हामी ढोकामा ताल्चा लगाएर नजिकै रहेको आफन्तकोमा टीका लगाउन गएका थियौँ,’ देउवाले भने, ‘ताल्चा रडले खोलिएको छ । सबै दराज खोलेर नगदसहित तीन तोला सुन र तीन तोला चाँदी लगिएको छ ।’

    घरमा चोरी भएको खबर पाउने बित्तिकै प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) विश्व अधिकारीले बताए ।

    घटनाको अनुसन्धान भइरहेको बताउँदै चोरी भएको नगद र गरगहनाबारे विस्तृत विवरण प्राप्त भइनसकेको प्रहरीले जानाएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    संबृद्धिको दुई आश्रमलाई खाद्यान्न सहयोग

    पोखरा।संबृद्धि बचत तथा ऋण सहकारी संस्थाले दशौं स्थापना दिवशको अवसरमा आईतबार पोखरा महानगरपालिका वडा नं....

    गायक कृष्ण सुवेदीको ‘पीर परेर आएको बेलामा ‘ सार्वजनिक, चर्चा जता ततै

    पर्वत । चर्चित गायक तथा संगीतकार कृष्ण सुवेदीको नयाँ लोकदोहोरी गीत ‘पीर परेर आएको बेलामा...

    महिला लघुवित्तद्वारा कालिका माविमा वित्तीय साक्षरता

    पोखरा । पोखरा–३३, आँपुभन्ज्याङस्थित कालिका माविमा सोमवार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । महिला...

    गण्डकीका मुख्यमन्त्री र युएनडिपीका निर्देशकविच भेटवार्ता

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र युएनडिपीका एसिया तथा प्रशान्त क्षेत्रका उपक्षेत्रीय निर्देशक...

    पर्वतमा एसइईको तयारी पुरा, एक हजार आठ सय १४ विद्यार्थी सहभागी हुदै

    पर्वत । यस वर्षको एसइई परिक्षा आगामी बिहीवारदेखि संचालन हुँदै छ । पर्वतमा एसईईको सम्पुर्ण...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं