SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/६/१८ गते
    ५६१ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा |

    गण्डकी प्रदेशका वन, वातावरण तथा भू संरक्षण मन्त्री दीपक थापाले तनहूँको च्यवनधामलाई धार्मिक पर्यटनको गन्तव्यको रुपमा विकास गर्न प्रदेश सरकारले आवश्यक सहयोग गर्ने आश्वासन दिनुभएको छ । तनहूँको शुक्ला गण्डकी नगरपालिका–२ मा रहेको शुक्लागण्डकी च्यवनधामको अवलोकन गरेपछि उहाँे यस्तो आश्वासन दिनुभएको हो ।

    ‘नेपालमा सम्भावना रहेका पर्यटनका विभिन्न आयामहरु मध्ये धार्मिक पर्यटन पनि एक प्रमुख आयाम हो ।’ उहाँले भन्नुभयो, ‘धार्मिक पर्यटनको विकासका लागि हाम्रो क्षेत्रमा रहेका धार्मिक स्थलहरुको संरक्षण, संवद्र्धन र प्रचार प्रसार गर्नु आवश्यक छ ।’

    सो अवसरमा उहाँले यस्तो कामको लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो । ‘स्पष्ट खाका सहितको योजना लिएर आउनुहोस्, यस क्षेत्रमा धार्मिक पर्यटनको विकासको लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्नेछ ।’ उहाँले भन्नुभयो ।

    अवलोकनकै क्रममा मन्त्री थापा समक्ष च्यवनधाम संरक्षण तथा विकास समितिका पदाधिकारीहरूले आवश्यक सहयोग गर्न आग्रह गरेका थिए । समितिका सचिव दुर्गादत्त सापकोटाले धामका भौतिक संरचना र जग्गा संरक्षणका लागि कम्पाउण्ड गर्नुपर्ने आवश्यकता रहेपनि बजेट अभावमा गर्न नसकिएको गुनासो राख्नुभएको थियो ।

    मन्त्री थापा संगै प्रदेश सभा सदस्य आशा कोईराला, प्रदेश योजना आयोगका सदस्य सुवास अधिकारी, जिल्ला वन कार्यालयका प्रमुख कोमलराज काफ्ले लगायतको टोलीले मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम स्थित शुक्लेश्वर मन्दिर, बौद्व गुम्बा, कृतिम हिमाल, १०८ पिपल, १०८ धारा लगायतका संरचनाको अवलोकन गर्नुभएको थियो ।

    त्यसैगरी मन्त्री थापाले म्याग्दे गाउँपालिका–२ स्थित ज्यान्टयाङ सामुदायिक बनमा निर्माण गरिएको हरित पार्क र म्याग्दे–१ गुणादीको बाघेटारीमा निर्माण गरिएको बाघको मूर्तिको समेत अवलोकन गर्नुभएको डिभिजन बन कार्यालयका डिभिजन प्रमुख कोमलराज काफ्लेले जानकारी दिनुभयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    राहत शिक्षक सरकारसँगको सहमतिमा असहमत, हस्ताक्षर नगरी बाहिरिए

    काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन् ।राहत शिक्षक...

    आन्दोलनरत शिक्षक र सरकार बीच वार्ता सुरु

    काठमाडौं । सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच वार्ता सुरु भएको छ । वार्ता...

    बाल सुधार गृह बाँके बाट भागेका ९ जना अझै सम्पर्क विहीन

    बाँके । बाँकेको डडुवा गाउँपालिका-६ मा रहेको जयेन्दु बालसुधार गृहमा भएको झडपपछि भागेका कैदीबन्दीमध्ये ९...

    शिक्षकका जायज मागहरु सम्बोधन हुने गरी वार्ता आजै टुङ्गोमा पुर्‍याउन कावा प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं