रविन सुवेदी, पर्वत । पर्वतको कुश्मा नगरपालिका ११ ठुलीपाखोरीमा करिब ३ सय गाँजाका बोटहरु नष्ट गरिएको छ । सोमबार ठुलीपोखरी प्रहरी चौकीका प्रहरी साहायक निरिक्षक प्रताप अधिकारीको नेतृत्वमा खटिएको प्रहरी टोलीले रानीस्वारामा प्राकृतिकरुपमा उम्रिएका गाँजाका बोटहरु नष्ट गरेको हो ।
गाँजा चरेसका कारण समाजमा विभिन्न किसिमका अपराधिक घटनाहरु घटने भएकाले त्यसको न्युनिकरण गर्नका लागि गाजाँ फडानी गरेको प्रहरी साहायक निरिक्षक अधिकारीले बताउँनुभयो । उहाँले अन्य ठाउँहरुमा पनि तुरुन्तै गाँजाका बोट नस्ट गरिने जानकारी दिनुभएको छ।