SuchanaKendra

  • Radio Kushum


  • आज : २०८० आश्विन १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/४/२४ गते
    ६१५ &#२३४६;&#२३३५;&#२३२५;

    करिब एक अर्ब २० करोड मूल्यबराबरको सम्पत्ति पूर्वअधिराजकुमारी प्रेरणारज्यलक्ष्मी शाहलाई थप एक वर्ष निःशुल्क रुपमा प्रयोग गर्न दिने निर्णय भएको छ ।

    निवर्तमान प्रधानमन्त्री केपी ओलीको निर्देशनमा नेपाल ट्रस्टको कार्यालयले एक वर्षका लागि उनलाई घरजग्गा प्रयोग गर्न निःशुल्क दिने निर्णय गरेको हो । यस्तो निर्णय भएको एक साता नबित्दै ओली प्रधानमन्त्रीबाट पदमुक्त भएका थिए । गत २४ असारमा बसेको नेपाल ट्रस्टको बैठकले उनलाई एक वर्ष समय थप गर्ने निर्णय गरेको हो ।

    ‘७ असारदेखि लागू हुने गरी सो घरजग्गा प्रयोग गर्न दिने निर्णय भएको छ’, नेपाल ट्रस्टको कार्यालयका प्रवक्ता सहसचिव तुलसीनाथ गौतमले भने, ‘यसपटक अन्तिमपटकका लागि भनेर म्याद थप भएको छ ।’

    सबै कानूनी लडाईं सकिएपछि राजनीतिक नेतृत्वलाई प्रभावमा पारेर उनले सम्पत्ति छाड्न मानेकी छैनन् । हालसम्म प्रेरणाका लागि तीनपटक गरेर तीन वर्षका लागि म्याद थप भइसकेको छ ।
    गत ७ पुसमा पनि अन्तिमपटकका लागि भनेर ६ महिना म्याद थप भएको थियो । जसअनुसार ६ असारभित्र उनले घरजग्गा खाली गर्नुपर्ने थियो । ताहाचलस्थित १५ रोपनी एक आना जग्गा र त्यसमा बनेको घर नेपाल ट्रस्टको हुने फैसला चार वर्षअघि नै सर्वोच्च अदालतले गरिसकेको छ ।

    तर, अहिलेसम्म सो सम्पत्ति ट्रस्टले आफ्नो मातहत ल्याउन सकेको छैन । लकडाउनका कारण नयाँ घर बनाउन नसकेको, आफ्नो परिवारका सदस्यको मृत्यु भएको कारण देखाउँदै प्रेरणाले तत्कालीन प्रधानमन्त्री ओलीलाई थप समय दिन पत्र लेखेकी थिइन् ।

    सोही पत्रका आधारमा ओलीले म्याद थप गर्न लिखित रुपमै निर्देशन दिएका थिए । गत २४ असारमा बसेको ट्रस्टको सञ्चालक समिति बैठकले म्याद थप गर्ने निर्णय गरेको थियो । नयाँ पत्रिकाबाट

    प्रतिकृया दिनुहोस्

    Loading...

    शिक्षकको आन्दोलन बानेश्वरमा प्रहरी हस्तक्षेप (तस्वीरहरु)

    काठमाडौं । राहत शिक्षकको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । विद्यालय शिक्षा विधेयकमा असहमति राख्दै...

    गृहमन्त्रीको डाक्टरमाथि आक्रमण गर्नेलाई कारबाही गर्ने प्रतिवद्धता

    काठमाडौं । चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि आक्रमणमा संलग्नहरुमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ अनुसार...

    निःशुल्क कम्पनी दर्ता र पूँजी वृद्धिको व्यवस्था कार्यान्वयनमा आयो

    काठमाडौं । सरकारले बजेटमार्फत घोषणा गरेको निःशुल्क कम्पनी दर्ता र पूँजी वृद्धिको व्यवस्था कार्यान्वयनमा आएको...

    न्यौपानेविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा चलाउने तयारी,सेयरको भित्री कारोबार गरेको आरोपमा

    काठमाडौं । शेयर बजारमा भित्री कारोबार (इनसाइड ट्रेडिङ) गरेको आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले रिडी...

    प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

    काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चीनका राष्ट्रपति सी जिनपिङबीच शनिबार...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं